चितवनमा लाग्यो प्रतिबन्ध अब जुलस गर्न नपाइने (भिडियो सहित )

चितवन,भाद्र २ । चितवनमा निषेधित क्षेत्र घोषणा भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले चितवनको भरतपुरस्थित चौबीसकोठीदेखि मालपोत चोकसम्म निषेधित क्षेत्र घोषणा गरेको हो ।

शालीकराम पुडासैनीको मृत्यु प्रकरणको छानबिनका लागि प्रहरीले सञ्चारकर्मी रवि लामिछानेलाई पक्राउ गरेको थियो । उक्त प्रकरणमा लामिछानेलाई पक्राउ गरेपछि उनका समर्थकहरुले चितवनमा प्रदर्शन गर्दै आएका थिए ।
त्यस्तै पुडासैनीलाई न्याय र दोषिलाई दण्डको माग गर्दै अर्काे समूहले पनि प्रदर्शन गर्न थालेको छ । यसरी दिनहुँ प्रदर्शन र नाराबाजी हुन थालेपछि स्थितिलाई नियन्त्रणमा लिन प्रशासनले निषेधित क्षेत्र घोषणा गरेको हो ।

प्रर्दशन र नारावाजीले कामकाजमा बाधा परेकाले निषेधित क्षेत्र घोषणा गरिएको प्रहरीले जनाएकाे छ । निषेधित क्षेत्रमा प्रशासनले प्रर्दशनमा रोक लगाएको छ । उक्त क्षेत्रमा अस्पताल, सरकारी कार्यालय, अदालतजस्ता सम्वेदनशील निकायहरू छन् । चितवनको सुरक्षा व्यवस्था कडा बनाइएको प्रहरीले जनाएको छ ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv