सुटुक्क बयान दिन अदालत पुर्याइयो रबी लाई

काठमाण्डौं,भाद्र ३ । पत्रकार शालिकराम पुडासैनीको विषयमा अनुसन्धान गर्न प क्राउ परेका टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेलाई सहित तीन जनाको आज पनि बयान लिइएको छ । लामिछाने सहित तीनै जनालाई सरकारी वकिलको कार्यालय पु¥याइ आज बयान लिइएको हो । प्रहरी कार्यालय अगाडी चार दिन देखि रविका समर्थकको प्रद र्शन जारी रहेका कारण उनलाई सुटुक्क सरकारी वकिलको कार्यालयमा बयानका लागि लगिएको थियो ।

अवस्था थप जटिल हुन नदिन प्रहरीले चितवनमा सतर्कता अपनाएको हो । अदालतले थपेको पाँच दिनको आज अन्तिम दिन भएकाले तीनै जनाको बयान लिइएको हो । सोही वयानका आधारमा प्रहरीले जिल्ला अदालत चितवनमा मु द्धा दर्ता वा म्याद थपका लागि पेस गर्नेछ । आज निषे धित क्षेत्र जारी गरेकोले प्रहरीलाई सरकारी वकिलको कार्यालय लैजान सहज भएको थियो ।

यसैबीच नेपाली कांग्रेस चितवनले पत्रकार शालिकराम पुडासैनी प्रक रणमा निर्दोष जे ल पर्ने र दो षी छुट्ने काम हुन नहुने जनाएको छ । कांग्रेसले आज प्रेषित गरेको विज्ञप्तिमा घट नाको ग म्भीररुपमा छा नबिन गरी सत्यतथ्य बाहिर ल्याउन माग गरिएको हो ।

नेपाली कांग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठ र सचिव उत्तम जोशी द्वारा हस्ताक्षरित विज्ञप्तिमा जनताको मौलिक हकहरु कुनै पनि असहज परिस्थितिमा पनि हनन हुनु हुँदैन भन्दै विधिको शासन र स्वतन्त्र न्यापपालिकाको सम्मान हुनुपर्नेमा नेपाली कांग्रेस चितवन दृढ रहेको उल्लेख छ । कांग्रेसले चितवनको पछिल्लो जनप्र दर्शनले सरकारप्रति जनताको विश्वास घट्दै गइरहेको देखाएको पनि निष्कर्ष निकालेको छ । विज्ञप्तिमा पछिल्ला पद र्शनमा सरकार र सम्बन्धित निकायलाई सचेत रहन पनि अनुरोध गरिएको छ ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv