युवराज कंडेलले भने : ‘मेरी आमाको कसम खाएर भन्छु, सालिकले भनेकी युवतीलाई न मैले अहिलेसम्म चिनेको छु, न देखेको छु’
चितवन,भाद्र ४ । पत्रकार सालिग्राम पुडासैनी प्रकरणमा प क्राउ परेका टेलिभिजन प्रस्तोता रवि लामिछाने र युवराज कँडेलले आ–आफ्नो फेसबुक वालमा आफूहरु निर्दोश रहेको र निष्पक्ष छानविन हुन माग गरेका थिए। रवि लामिछानेले भनेका थिए, ‘आ रोप लगाउने म रेर गएपनि आरोप खेप्ने म जिउदै छु। म र्नेले लगाएको एउटा मात्रै आ रोप प्रमाणित होस्, र हदैसम्मको सजाय होस्। थप जानकारी केही समयमा गराउने छु। सारा आ रोप सुन्दा लाग्यो शालिकराम लाई ठुलो भ्रम परेछ।’
त्यस्तै युवराज कँडेले पनि लेखेका थिए, ‘मेरी आमाको कसम खाएर भन्छु, सालिकले भनेकी युवतीलाई न मैले अहिलेसम्म चिनेको छु, न देखेको छु, न भेटेको छु न सालिकसँग जोडिदिएको छु, अनि अष्ट्रेलिया पठाइदिनेलगायतका यी यावत आरोपहरुमा एउटा पनि गल्ती मबाट भएको रहेछ भने यो देशमा कानून छ अनि सबैकुरा देख्ने ईश्वर छ म म र्न तयार छु। सबैकुरा छानबिन होस्। हामीले कुनै अ पराध गरेका छैनौं।’
रवि लामिछानेलाई थप पाँच दिन हि रासतमा राख्न अदालतको अनुमति
जिल्ला अदालत चितवनले पत्रकार शालिकराम पुडासैनी प्रकरणमा मुछिएका सिधा कुरा जनतासँग कार्यक्रमका प्रस्तोता रवि लामिछानेलाई थप पाँच दिन प्रहरी हि रासतमा राख्न अनुमति दिएको छ। न्यायाधीश गायत्रीप्रसाद रेग्मीको इजलासले लामिछानेसहित युवराज कँडेल र अस्मिता कार्कीलाई अनुसन्धान गर्न थप पाँच दिन हि रासतमा राख्न आदेश दिएको हो।
सोमबार पहिलो पाँच दिनको म्याद सकिएपछि प्रहरीले तीनै जनालाई मंगलबार अदालत लगेको थियो। तीनै जनाविरूद्ध जिल्ला प्रहरी कार्यालय चितवनले दु रुत्साहन अभियोगमा अनुसन्धान गरिरहेको छ। पत्रकार शालिकराम पुडासैनीको प्रकरणको अनुसन्धान सिलसिलामा प्रहरीले उनीहरूलाई साउन ३० प क्राउ गरेको थियो।