अदालतमा रविले दिएको भिडियोको बयानले सबैलाई बनायो चकित

चितवन,भाद्र ४ । पत्रकार शालिकराम पुडासैनीको प्रकरणमा प क्राउ परेका सञ्चारकर्मी रवि लामिछानेसहित तीन जनालाई हिरासतमै राखेर अनुसन्धान गर्न पुनः पाँच दिनको म्याद थपिएको छ । जिल्ला अदालत चितवनका न्यायाधीश गायत्रीप्रसाद रेग्मीको एकल इजालासले लामिछानेसहित तीन जनालाई थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो । पाँच दिन हिरासतमा राखेर सोधपुछ गरेपछि प्रहरीले लामिछानेसहित तीन जनालाई दोस्रो पटक म्याद थपका लागि आज अदालतमा उपस्थित गराएको थियो । वादीको तर्फबाट जिल्ला न्यायाधिवक्ता यदु शर्माले बहस गर्नुभएको थियो । प्रतिवादीका तर्फबाट अधिवक्ता सुनिल पोखरेल, सुशील पन्त र चूडामणि सापकोटाले बहस गर्नुभएको हो । आरोपी तीन जनालाई बिहान १० बजे नै अदालत लगिएको थियो ।

लामिछानेसहित पत्रकार युवराज कँडेल र रुकु कार्की (अस्मिता) विरुद्ध शालिकराम पुडासैनी आत्मह त्या दुरुत्साहन मुद्दामा अनुसन्धान भइरहेको छ । शुक्रबार चितवन जिल्ला अदालतले रविसहित तीनैजनालाई पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न निर्देशन दिएको थियो । अनुसन्धानका अन्य पाटोहरु बाँकी रहेकाले थप अनुसन्धानका लागि प्रहरीको पत्रअनुसार सरकारी वकिलको कार्यालयले १० दिन म्याद थप माग गरेको जिल्ला अदालत चितवनका स्रेस्तेदार रुद्रमणि गिरीले बताउनुभयो । सरकारी वकिलको मागका आधारमा पाँच दिन म्याद थप गरिएको गिरीले राससलाई जानकारी दिनुभयो । तीन नम्बर इजलासमा बहस भएको उहाँले बताउनुभयो ।

गएको बिहीबार काठमाडौँबाट प क्राउ गरेर चितवन ल्याइएका उनीहरुलाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले दिएको समय सोमबार सकिएको थियो । पुडासैनीले मृ त्युअघि रेकर्ड गरेको भिडियोमा पत्रकार रवि लामिछाने, युवराज कँडेल र नर्स अस्मिता कार्कीका कारण आफू म र्न बाध्य भएको बताएकाले प्रहरीले तीनै जनालाई पक्राउ गरी घ टनाबारे अनुसन्धान गरिरहेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक दानबहादुर मल्लले श व परीक्षण रिपोर्ट, भिडियोको डिजिटल ल्याब रिर्पोट, पुडासैनीले डोरी किनेको सिसीटिभी फुटेजलगायत अन्य रिर्पोट प्राप्त भइसकेको र अदालतबाट थप पाँच दिनको अनुमति प्राप्त भएकाले अनुसन्धानमा सहज हुने प्रतिक्रिया दिनुभयो । परीक्षण रिपोर्टमा पत्रकार पुडासैनीकोे आत्मह त्या कै कारण ज्यान गएको उल्लेख गरिएको उहाँले बताउनुभयो ।

बयानका क्रममा सरकारी वकिलसँग रविले आफूलाई आरोप लगाएर पुडासैनीले बोलेको भिडियो अहिलेसम्म नहेरेको बताएका थिए। उनले बयानका क्रममा आफूलाई गाली गरेको र आरोप लगाएको भन्ने अरूबाटै सुनेको तर भिडियो भने नहेरेको बताएका छन्।आज पनि अदालत परिसर बाहिर लामिछानेका समर्थक भेला भएका थिए । उनीहरुले पाँच दिनदेखि प्रदर्शन गरिरहेका छन् । अन्य दिनको तुलनामा आजको प्रदर्शन शान्तिपूर्ण थियो ।

२०७६ भदौ १ गतेदेखि कार्यन्वयनमा आएको मुलुकी अपराध संहिताअनुसार आत्मह त्या गर्न दुरुत्साहन गर्ने व्यक्ति पनि कसुरदार ठहरिन्छ। यही कानुनका आधारमा प्रहरीले रवि लामिछाने, युवराज कँडेल तथा अस्मिता पौडेललाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको छ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv