रविकि पत्नी निकिताले आफूबिरुद्ध साइबर क्राइम लगाउन खोजेको भन्दै पत्रकार किशोर श्रेष्ठले दिए चेतावनी

काठमाण्डौं,भाद्र ४ । शालिकराम पुडासैनी प्रकरणमा थुनामा रहेका सिधाकुरा जनतासँग कार्यक्रमका प्रस्तोता रवि लामिछानेकी पत्नी निकिता पौडेलले आफूसहित तीनजना बिरुद्ध जाहेरी दर्ता गर्न खोजेको घ टनामा पत्रकार तथा प्रेस काउन्सिलका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठले आफ्नो मानमर्दन भएको बताएका छन् । उनले सामाजिक सञ्जालमा बुधबार ‘शालिकराम प्रकरणको भिडियो उनकै परिवारबाट पाएर निस्पक्ष र शीघ्र अनुसन्धानको निम्ति त्यसमा आधारित हुँदै हामीले समाचार प्रकाशन र प्रशासन गरेको’ उल्लेख गरेका छन्।

अध्यक्ष श्रेष्ठले लेखेका छन्, ‘हिजो अधिवक्ता सुनिल पोख्रेल आफैँले चितवनमा पत्रकारहरुका सामु (हामीले शुरुदेखि जे भन्दै आएका थियौं) त्यही भन्नुभएको छ,अर्थात भिडियोका दुई अलग अलग क्लिप्स छन् एउटा ८ मिनेट २८ सेकेन्डको र अर्को ४ मिनेट ५८ सेकेण्डको !’ रविपत्नी निकिताले जनआस्था सम्पादक श्रेष्ठ, नेपाल आज सम्पादक संकेत कोइराला र चितवन एसपी बिरुद्ध भिडियो छेडखानीको आरोपमा जाहेरी दर्ता गर्न प्रयास गरे काठमाडौँ प्रहरीले बुधबार अस्वीकार गरेको थियो।

जाहेरी दर्ता गर्न खोजेपछि श्रेष्ठले दिए यस्तो प्रतिक्रिया

मैले एक हप्ताअघि नै भनेको र लेखेको छु-“शालिकराम प्रकरणको भिडियो उहाँकै परिवारबाट पाएर निस्पक्ष र शीघ्र अनुसन्धानमा सहजताको निम्ति त्यसमा आधारित हुँदै समाचार प्रकाशन /प्रशासन गरेका हौं !” हिजो उहाँहरुको तर्फबाट बहस गर्ने अधिवक्ता सुनिल पोख्रेल आफैले चितवनमा पत्रकारहरुका सामु (हामीले शुरुदेखि जे भन्दै आएका थियौं) २३ मीनेटको भिडियो भन्ने बजार हल्लाको खण्डन हुनेगरी त्यही भन्नुभएको छ,अर्थात भिडियोका दुई अलग अलग क्लिप्स छन् एउटा ८ मीनेट २८ सेकेन्डको र अर्को ४ मीनेट ५८ सेकेण्डको !

आज यसैमा फण्डा मच्चाउँदै केहीले हाम्राबिरुध्द साइबर क्राइमको केस दर्ता गराउन खोजेको सुनियो,पत्रकारले तथ्यमा टेकी लेखेका समाचारउपर मुध्दा दर्ता हुन्छ भने अब यति कुरा सोध्नैपर्ने भयो-म यिनका बिरुध्द केस दर्ता गर्न पुलिसमा जाँदैछु भनी फेसबुकमा पहिले नै स्ट्याटस लेखेर,दर्तै हुन नसकेको,हुन नपाएको केस दर्ता भैसकेको होहल्ला मच्चाएर सामाजिक र सार्वजनिक रुपमा हाम्रो मानमर्दन गर्नेहरुबिरुध्द अब के हुन्छ ?

पत्रकारले यति चासो र चर्चाको मुध्दामा प्राप्त प्रामाणिक कुरा दबाएर राख्नपर्थ्यो कि सार्वजनिक गरेर जनतालाई सुसूचित गर्नुपर्थ्यो ? अस्टमी गुरुङ्गको आ त्मह त्याको भिडियोलाई ह त्या ठहर गर्दै टिभीमार्फत कसले फैसला सुनाएको थियो ? आफूमाथिको आरोपलाई बिषयान्तर गर्नको निम्ति ती चेली अस्मिता कार्की “रुकु” को निजी सम्बाद आफ्नो च्यानलमार्फत छरपस्ट पार्नेहरुबिरुध्द के हुन्छ ?

हामीले परिवारबाट पाएको भिडियो भन्दाभन्दै Conspiracy Theory अन्तर्गत निशाना अन्ततिर सोझ्याउने र उल्टो अनेक लान्छना मृ तक शालिकरामबिरुध्द लेख्दै हिंड्नेहरुबिरुध्द के हुन्छ ? मेरो अमेरिकी पासपोर्ट त्याग्न लगाएर मलाई पुनः नेपाली हुन बाध्य बनाउने ? पख् तेरो पनि पासपोर्ट खोसेर देखाइदिन्छु भन्दै बदलाको कार्यक्रम प्रशारण गर्नेहरुबिरुध्द के हुन्छ ? १६ बर्षअगाडि सबैतिरबाट सफाइ पाएको आ त्मह त्याको केसलाई ह त्या नै हो भन्दै आफ्नो च्यानलमार्फत निरन्तर फैसला सुनाउनेहरु बिरुध्द के हुन्छ ? ॐ अस्पतालमा सिन्धुपाल्चोककी गरिब बिमारी रामप्यारी उपचारको गडबडीका कारण अकाल मृ त्युको मुखमा पुगेको त्यति चर्चित प्रकरण ससुराली नाताको कारण गुपचुप गराउनेहरुबिरुध्द अब के हुन्छ ?



Basundhara -3 Kathmandu Nepal

Information Department Registration No - 1166 /075/076
President – Ratan Bahadur Chand
Contact- ००977-9818610415/9860975774
Mail - [email protected]
Manager - Gyanendra Prasad Bhatt

About Us

Niatra Multi Media Pvt. Ltd.
Editor - Bibek Bikram Malla
Correspondent - Nabin Timilsina
Photo journalist - Ratan Bahadur Chand
Ashish Neupane

Mail - [email protected]

Us on social media

© 2017 Niatratv