प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले हि रासतमा पुगेर भेटे रवि लामिछानेलाई

काठमाडौं, ६ भदौ । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले चितवन प्रहरी कार्यालयको हि रासतमा रहेका टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछाने र युवराज कँडेललाई भेट गरेका छन्। रविले प्रहरीसंग आफु अ सुरक्षित रहेको बताइरहेका बेला प्रहरी प्रमुखले हि रासतमै पुगेर भेट गरेका हुन् । रविले प्रहरीसंग रहेको पुडाशैनीको भिडियो सञ्चारमाध्यममा आएको भन्दै आफु विरुद्ध ष डयन्त्र भइरहेको आ शंका ब्यक्त गरेका छन् ।

दोस्रो पटक अदालतवाट म्याद थप गरेर प्रहरी हि रासतमा राखिएपछि उनले यस्तो अभिब्यक्ति दिएका हुन् । शुक्रवार सार्वजनिक भएको अडियो अन्तरवार्तामा पनि रविले सोही कुरा बताएका छन् । जिल्ला प्रहरी कार्यालय, चितवनको निरीक्षण भ्रमणको क्रममा उनले लामिछाने र कँडेललाई भेट गरी कानुनी प्रक्रियामा सहयोग गर्न आग्रह गरेका हुन् । उनले रविलाई प्रहरी हि रासत भित्र अ सुरक्षित महशुष नगर्न समेत आग्रह गरेका छन् ।

पत्रकार शालिकराम पुडासैनी २०७६ साउन २० गते चितवनको होटल कंगारुमा झु ण्डिएको अवस्थामा मृ त फेला परेपछि उनले भिडियोमा लिएको नामका कारण रवि सहित तीन जना प्रहरी हि रासतमा पुगेका हुन् । पुडाशैनीले आफुले यस्तो निर्णय गर्नुको पछाडी रवि लगायत तिन जना भएको अभिब्यक्ति भिडियोमा दिएका थिए । पुडाशैनीले आफैले मोबाइलमा दुई वटा भिडियो बनाएका थिए। सो भिडियोमा आफूलाई पत्रकार रवि लामिछाने, युवराज कँडेल र अस्मिता कार्कीले यस्तो निर्णय गर्न बाध्य पारेको बताएका छन्।

सोही भिडियोको आधारमा रविसहित तीनै जनालाई प्रहरीले साउन ३० गते प क्राउ गरी चितवन हि रासतमा छन् । प्रहरीले घ टनाको अनुसन्धान गरिरहेको छ । २०७६ भदौ १ गतेदेखि कार्यान्वयनमा आएको मुलुकी अ पराध संहिताअनुसार आ त्म ह त्या गर्न दुरु त्साहन गर्ने व्यक्ति पनि कसुरदार ठहरिने भएकाले रवि लगायत तीन जना हि रासतमा पुगेका हुन् । जिल्ला अदालत चितवनले दुई पटक आदेश गर्दै उनीहरुलाई कूल १० दिन थु नामा राख्न अनुमति दिएको छ।

पत्रकार समेत रहेका अधिवक्ता स्वागत नेपाल रवि लामिछाने विरुद्ध अदालतमा वहस गर्दैछन् । उनी शालिकराम पुडाशैनीको परिवारका पक्षवाट कानुनी वहस गर्ने भएका हुन् । उनले पुडाशैनीको ह त्या हो वा देह त्होयाग भन्ने कुराको निर्णय अदालतले गर्ने उनको भनाई छ । उनले आफु कानुन र न्यायका लागि वहसमा जान लागेको बताएका छन् । उनले पुडाशैनीको तर्फवाट कानुनी वहस गर्दा रविलाई अन्यायमा पार्ने आफ्नो उद्देश्य भने नभएको बताएका छन् । आफु घ टनाको सत्य तथ्य वाहिर ल्याउन र न्यायका लागि आफ्नो वहस पैरवी गर्ने बताए ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv