राष्ट्रिय फोटो पत्रकार समूह एनएफपिजे नेपालद्वारा ‘नेपाल दर्शन २०२०’ नामक फोटो प्रतियोगिता सुरु

काठमाण्डौं,भाद्र ८ । राष्ट्रिय फोटो पत्रकार समूह एनएफपिजे नेपालद्वारा ‘नेपाल दर्शन २०२०’ नामक फोटो प्रतियोगिता सुरु भएको छ। फोटो पत्रकारहरूको छाता संगठन संस्था, एनएफपिजे नेपालले प्रतियोगिता गर्न लागेको हो।

प्रतियोगितामा सहभागी हुनेहरूले यही २०७६ भदौ ३१ गतेसम्म एनएफपिजे कार्यालयको इमेल [email protected] मा फोटोहरू पठाइसक्नुपर्नेछ। प्रतियोगीले विश्वको जुनसुकै ठाउँबाट पनि नेपालको संस्कृति र पर्यटन झल्काउने फोटो पठाउन सक्नेछन्। फोटो पठाउँदा प्रतियोगीलाई कुनै शुल्क लाग्‍दैन। प्रतियोगितामा सहभागी जनाउन चाहनेले बढीमा १० वटा फोटो पठाउन सक्नेछ।

प्रतियोगीले पठाएको उक्त फोटो फोटोग्राफर स्वमंले नेपालमा खिचेका हुनुपर्नेछ। साथै तेस्रो पक्षको स्वामित्व र नियन्त्रण भएको तस्वीरहरू प्रतियोगितामा सहभागिताको लागि नपठाइने एनएफपिजेले जनाएको छ। प्रतियोगीले कुनै व्यक्ति वा संस्थाको प्रतिलिपि अधिकार भएको तस्वीर पनि पठाउन पाउने छैन।

विजेताको घोषणा असोज १० गते विश्व पर्यटन दिवसको अवसरमा हुनेछ। उत्कृष्ट छनोटमा परेका प्रतियोगीहरूललाई प्रथम, द्वितीय र तृतीय घोषणा गरी क्रमशः नगद २५ हजार, २० हजार र १५ हजार नगद पुरस्कारसहित प्रमाणपत्र प्रदान गरिनेछ।

त्यसैगरी सातवाटै प्रदेशका प्रदेशस्तरीय फोटोलाई पनि उत्कृष्ट घोषणा गरिनेछ। उत्कृष्ट घोषित सात प्रदेशका सात जनालाई नगद १०/१० हजारसहित प्रमाणपत्र प्रदान गरिने पनि एनएफपिजेले जनाएको छ। विस्तृत जानकारीको लागि राष्ट्रिय फोटो पत्रकार समूहको आधिकारिक वेबसाइट www.nfpjnepal.com मा हेर्न सकिनेछ।



Basundhara -3 Kathmandu Nepal

Information Department Registration No - 1166 /075/076
President – Ratan Bahadur Chand
Contact- ००977-9818610415/9860975774
Mail - [email protected]
Manager - Gyanendra Prasad Bhatt

About Us

Niatra Multi Media Pvt. Ltd.
Editor - Bibek Bikram Malla
Correspondent - Nabin Timilsina
Photo journalist - Ratan Bahadur Chand
Ashish Neupane

Mail - [email protected]

Us on social media

© 2017 Niatratv