लामिछानेवालाहरुको जात्रा, अराजकताको सिमा : सञ्चारमन्त्री बाँस्कोटा

काठमाण्डौं,भाद्र १२ । सञ्चारमन्त्री गोकुल बाँस्कोटाले नेपालमा परिवर्तन ल्याएकाहरुको इतिहासका बारेमा जानकारी नराख्ने र जानकारी नपाएका युवा र किशोरहरु अराजकता तर्फ उन्मुख भएको बताएका छन् । संविधान दिवस मूल समारोह समिति अन्तर्गतको प्रचारप्रसार उपसिमितिले बुधबार सञ्चार मन्त्रालयमा गरेको छलफल कार्यक्रममा मन्त्री बाँस्कोटाले यस्तो बताएका हुन् । उनले रवि लामिछानको समर्थनमा भएको आन्दोलन त्यसैको परिणाम भएको बताए । युवा र किशोर वर्गलाई अराजकता सिकाइएको भन्दै उनले त्यो मुलुकका लागि राम्रो नहुने बताए ।

लामिछानेवालाहरुको जात्रा, अराजकताको सिमा । त्यो केहो भने क्रमस अधिकारको उन्माद र कर्तब्यको जिरोपन तर्फको यात्रामा नेपाललाई लैजाने षडयन्त्र भएको मन्त्री वाँस्कोटाको भनाई छ । रगत बगेको, संगैको साथी ढलेको र विधवा भएको देखेको छ ? गणतन्त्र ल्याउँदा भएका त्यस्ता घटना नदेखेकाहरु अहिले अराजकता तर्फ गएका छन् उनले भने । उनले प्रगती भित्र इतिहाँसको निरन्तरता खोजिनुपर्ने र इतिहाँसको कुरा विर्सन नहुने तर्क गरे ।

२०६२ सालमा जन्मेको र त्यती बेला ४ वर्षको भएको मानिस अहिले लक्का जवान भइसक्यो उनले भने मताधिकार पाउने उमेरको त्यो ब्यक्तिले इतिहास बुझेको छैन त्यसैले उनीहरुलाई इतिहास बुझाउनु पर्छ । गणतन्त्र कसरी आयो र त्यसका लागि कसको कति योगदान छ भन्ने कुरा प्रत्यक्ष नदेखेकाहरुलाई अराजकता सिकाइएको भन्दै उनले रोष ब्यक्त गरे ।

उसले गणतन्त्र कसरी आएको रहेछ भन्ने कुरा त देखेको छैन । त्यसैले गणतन्त्र ल्याउँदा जनताले भोगेको कुराको इतिहास राख्नुपर्छ उनले गणतन्त्र दिवसमा गर्नुपर्ने कामका बारेमा कर्मचारीलाई यस्तो सुझाव दिए । उनले मिडियाले त्यस्ता कुराहरु पनि देखाउनुपर्ने बताए । इतिहासका बारेमा जानकार नभएका कारण अहिले युवा र किशोर वर्गमा अराजकता बढेको मन्त्री बाँस्कोटाको भनाई छ ।



Basundhara -3 Kathmandu Nepal

Information Department Registration No - 1166 /075/076
President – Ratan Bahadur Chand
Contact- ००977-9818610415/9860975774
Mail - [email protected]
Manager - Gyanendra Prasad Bhatt

About Us

Niatra Multi Media Pvt. Ltd.
Editor - Bibek Bikram Malla
Correspondent - Nabin Timilsina
Photo journalist - Ratan Bahadur Chand
Ashish Neupane

Mail - [email protected]

Us on social media

© 2017 Niatratv