आजबाट पशुपतिमा राष्ट्रिय धुन बज्ने (भिडियो )

काठमाण्डौं,भाद्र १३ । पर्यटन मन्त्री यागेश भटटराईले पशुपतिनाथ मन्दिरमा साझ पुजा आरती गर्नु अघि राष्ट्रिय धुन बजाउन निर्देशन दिएका छन । उनले पशुपति क्षेत्र विकास कोषलाइ यो निर्देशन दिएका हुन । मन्त्री भटटराइको यो निर्देशन पछि कोषले आजै साझबाट आरती भन्दा अघि राष्ट्रिय धुन बजाउने तयारी थालेको छ । आजबाट हरेक साझ यहि ढंगबाट अनिवार्य रुपमा राष्ट्रिय धुन बज्ने भएको छ ।

पशुपतिनाथ मन्दिरमा गर्मी महिनामा साढे ७ वजे देखि र जाडो महिनामा साढे ६ वजे देखि आरती हुने गरेको छ । सिनेमा हलमा चलचित्र प्रदर्शनपूर्व अनिवार्य रुपमा राष्ट्रिय गान बजाउनुपर्ने प्रावधान अघि सारेको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पशुपति नाथमा दैनिक हुने सन्ध्याकालीन आरतीपूर्व पनि राष्ट्रिय गान बजाउन पशुपति क्षेत्र विकास कोषलाई निर्देशन दिएको छ ।

हिन्दूहरूको आराध्यदेव पशुपतिमा एक दशकअघिदेखि नित्य आरती हुँदै आएको छ । बागमती आरती परिवारले २०६६ सालबाट नियमित आरती शुरू गरेको हो ।
केही दिनअघि संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले पशुपतिको आरती फेसबुकमार्फत लाइभ गर्ने बताएका थिए । पशुपतिमा ब्र ह्मनाल पारिपट्टि सन्ध्याकालीन आरती हुँदै आएको छ ।

पशुपति मूल मन्दिरको निकास ब्रह्मनालमा अ न्त्यष्टिअघि पा र्थिव शरीर सुताइन्छ । पाशुपत क्षेत्र पवित्र तीर्थ स्थलका अतिरिक्त हिन्दूहरूको अ न्त्यष्टि, अ न्तिम संस्कार स्थलसमेत रहेकाले राष्ट्रिय गानको सान्दर्भिकताबारे पनि बहस चलेको छ । तर, पर्यटनमन्त्रीको सचिवालयले भने श्रद्धालु भक्तजनको चाहना र राष्ट्रिय भावनाको जाग्रिती लागि राष्ट्रिय गान बजाउने प्रावधान अघि सारिएको दाबी गरेको छ ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv