सुर्खेत तर्फ लगिएका गाईको सामुहिक ह त्या गर्ने उपर कारवाही गर्न मन्त्री राइको गृहलाई पत्र

बाँके,भाद्र १३ । नेपालगन्जको काञ्जिहाउसवाट सुर्खेत तर्फ लगिएका गाईको सामुहिक ह त्या गरिएको विषयमा छानविन गर्न शहरी विकास मन्त्री मोहम्मद इस्तियाक राईले गृहमन्त्रालयलाई पत्र लेखेका छन् ।

नेपालगन्जको काञ्जीहाउसमा रहेका गाई सुर्खेतको जंगलमा मृ त भेटिएको थियो । २३ वटा गाईलाई भिरवाट धकेलेर ह त्या गरिएको पाइए पछि मन्त्री राईले घटनाबारे छानविन गर्न गृहमन्त्रालयलाई पत्र पठाएका छन् । घटनाले आफूलाई स्तब्ध बनाएको भन्दै उनले यसमा छानविन गरी दोषीउपर कारबाही हुनुपर्ने माग राखेका छन् । केही समय अघि मात्र मन्त्री राईले गाईको संरक्षणका लागि भन्दै वजेट समेत उपलब्ध गराएका थिए । पत्रमा मन्त्री राईले सामुहिक रुपमा गौह त्या गरिएको विषयमा सर्वसाधारणको आक्रोशलाई मत्थर पार्न गृहले सम्बन्धित निकाय र जिम्मेवार पक्षमाथि छानविन गनुपर्ने भन्दै ध्यानाकर्षण गराएका छन् ।

राष्ट्रिय जनावरको उचित व्यवस्थापन र संरक्षण हुनुपर्नेमा सामुहिक रुपमा गाईलाई भीरबाट खसालेर मा र्ने कार्य अन्यन्तै घृणित, अमानवीय र निन्दनिय भएको मन्त्री राईले बताएका छन् । त्यस्ता निन्दनिय काम गर्नेको पहिचान गरि कडा कारबाही गर्न माग गरेका छन । राष्ट्रिय जनावरको रुपमा रहेका गाईको उचित व्यवस्थापन र संरक्षण गर्नका लागि सांसद विकास कोषबाट एक करोड रुपैयाँ सहयोग गर्ने घोषणा मन्त्री राईले गरेका थिए । छाडा चौपायाको व्यवस्थापन गर्ने जिम्मा नेपालजञ्ज उपमहानगरपालिकाले गाईको उचित व्यवस्थापन र संरक्षणमा ध्यानदिनुपर्नेमा भीरबाट खसालेर मा र्नुले गम्भीर आशंका पैदा गरेको मन्त्री राईले बताए ।

नेपालगञ्जको कान्जीहाउसबाट ल्याइएका दुई सय ९१ गाई मध्ये वीरेन्द्रनगर–८ स्थित कटकुवा जंगलमा २३ वटा मृ त भेटिएका छन । जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक उदयसिंह सिजापतिका अनुसार आठ वटा ट्रकमा ल्याइएका गाइहरु शुक्रबार बिहान करिव साढे तीन बजेतिर कटकुवा जंगलमा छोडिएका थिए ।
प्रहरीका अनुसार नौ वटा चौपायाहरुलाई भिरबाट खसालेर मा रेको पाइएको छ । कटकुवा जंगलमा फेला परेका मध्ये एक सय ५० भन्दाबढी चौपायाहरु घाइते छन् । ‘बिहीबार राति साढे १२ बजेतिर चौपाया बोकेका आठ वटा ट्रक सुब्बाकुना प्रहरी चौकीमा इन्ट्री भएको देखिन्छ’ प्रहरी निरीक्षक सिजापतिले भने, ‘शुक्रबार बिहान साढे तीनदेखि चार बजेको समयमा कटकुवा जंगलमा लगेर छोडेको देखिन्छ । ’



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv