पूर्वमन्त्री हिसिला यमी मोटरसाइकल दुर्घटनामा परेर घाइते

काठमाण्डौं, भाद्र २३ । पूर्वमन्त्री हिसिला यमी मोटरसाइकल दुर्घटनामा परेर घाइते भएकी छन्। पूर्व भौतिक पूर्वाधार तथा यातायातमन्त्री तथा समाजवादी पार्टी नेपालकी नेतृ यमी आइतबार दिउँसो दुर्घटनामा परेर घाइते भएको यमीका पति तथा पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईका स्वकीय सचिव रोशन पोखरेलले जानकारी दिए।

उनले भने ‘पार्टी कामको सिलसिलामा निवासबाट पार्टी कार्यालय बालकुमारी जाँदै गर्दा बल्खु चोकमा स्कुटर दुर्घटनामा परेको हो, अवस्था सामान्य छ।’ बल्खु चोकमा अनटेष्ट मोटरसाइकलले ठक्कर दिएर घाइते भएकी यमीको बिएण्ड बी अस्पतालमा उपचार भइरहेको पोखरेलले जानकारी दिए। उनको अवस्था सामान्य रहेको र २४ घण्टा डाक्टरको निगरानीमा रहेर डिस्चार्ज हुने पोखरेलले बताए।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv