जिग्री र पाण्डेको नयाँ सिरियल “सक्की गो नि” को ट्रेलर सार्वजनिक

काठमान्डौ,भाद्र २६ । हाँस्य सिरियल ‘भद्रगोल’ छाडेका कलाकारहरुको समुहले ‘सक्किगो नि ‘ नामक सिरियलको छोटो क्लिप्स आज सार्वजनिक गरिएको छ। यो सिरियल आगामी असोज २ गतेदेखि नेपाल टेलिभिजनमा हरेक बिहिबार बेलुका ८:४५ बजे प्रसारण हुनेछ ।गएको शुुक्रबारबाट मिडिया हवकै प्रस्तुतिमा नयाँ कथावस्तु, नयाँशैली र नयाँ कलाकारका साथ ‘भद्रगोल’ प्रसारणमा आयो । तर नयाँ ‘भद्रगोल’लाई दर्शकले मन पराएनन् र पहिलाकै टीम ‘भद्रगोल’मा आउन पर्यो भन्दै दर्शकले माग राखेपछि पुराना ‘भद्रगोल’का टीमले नयाँ हाँस्य टेलिशृंखला ल्याउने भएका छन्।बुधबार काठमाडौंमा प्रेस मिटको आयोजना गर्दै टीमले हाँस्य टेलिशृंखला ‘सक्किगोनी’ ल्याउने घोषणा गरेका हुन्। निर्माण कम्पनी मिडिया हवसँगको आर्थिक मामिलामा कुरा नमिलेपनि भद्रगोलका सम्पुर्ण कलाकारहरु मिडियाहवबाट ‘भद्रगोल’ टीमअलग्गिन बाँ*ध्य भएका हुन्।

केही दिन अघि देखिनै सामाजिक सञ्जालमार्फत कलाकारहरुले ‘टीम त्यही, थिम त्यही, तर फरक नाममा’ भन्दै नयाँ टेलिशृंखला आउँने बारे जानकारी दिदै आएका थिए । तर नाम सार्वजनिक गरेका थिएनन् । अन्तत: टीमले प्रेसमिट गर्दै नाम सार्वजनिक गरेका छन्। टोलीले नयाँ सिरियल असोज २ गते बिहिबारबाट प्रसारणमा आउने जनाएको छ।

यसअघि भद्रगोललाई दिपक आर्चायले निर्देशन गरेका थिए भने सक्किगोनी पनि दिपक आर्चायले नै निर्देशन गर्नेछन्। टेलिशृंखलामा पहिलाकै भद्रगोलका कलाकारहरु कुमार कट्टेल (जिग्री), अर्जुन घिमिरे (पाँडे), गोविन्द कोइराला (जइन्ते), हरि निरौला (क्रकोज), सागर लम्साल (बले), रक्षा श्रेष्ठ, दिपक आर्चाय, शंकर आर्चाय, लगायत कलाकारको अभिनय रहने छ ।यस्तै भद्रगोलका सुरुवातका इपिसोडमा देखिएका कलाकारहरुपनि अबको नयाँ शृंखलामा देखिने भएका छन् । शंकर आचार्य ‘वरिष्ठे’ र चिरञ्जिवी पुडासैनी ‘धतुरे’लाई पनि ‘सक्किगोनी’मा देखिने भएको छ। हेर्नुहोस टेलर भिडियो सक्किगोनि।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv