काँग्रेस सभापति देउवाले भने: ‘यहाँ गुण्डाराज चल्दैन’

बाँके,भाद्र २८ । बाँके नेपालगञ्ज पुगेर काँग्रेस सभापति देउवाले मुलुकमा गुण्डाराज नचल्ने बताएका छन । उनले कानुनी राज्यमा गुण्डाहरुको राज कुनैपनि हालतमा स्विकार्य नहुने बताए । सभापति देउवाले कम्यिुनिष्टहरुको सरकार जनताप्रति उतरादायी भन्दा पनि उदण्ड भएको समेत आरोप लगाए ।

शनिबार नेकपाका कार्यकर्ताहरुको आक्रमणमा परि घाइते भएकी काँग्रेस बाँके सभापति किरण कोइरालालाई भेटन पुगेका सभापति देउवाले कार्यकर्ता भेटघाट कार्यक्रममा बाेल्दै कम्युनिष्टहरुमा दुई तिहाईको भुत चढेको जिकिर गरे ।

उनले कानुनी ब्यवस्थामा गुण्डाहरुको राज नचल्ने जिकिर गरे । गुन्डाहरुलाई कानुनको कठघरामा उभ्यायाउन सबै लागि पर्न आग्रह गरे । प्रहरी प्रशासनले त्यसमा सहयोग गर्नु पर्ने उनको भनाई थियो ।

सभापति देउवाले दोषीलाई कारबाहीको दायरामा उभ्याएरै छोडने प्रतिबद्धता समेत ब्यक्त गरे ।कार्यक्रममा काग्रेसका उच्च तहका नेता तथा सर्मथकहरुको बाक्लो उपस्थीती रहेको थियो ।

गत बुधबार बाँकेको सितापुरमा पार्टीका राष्ट्रिय जागरण अभियानको कार्यक्रममा सहभागी भएका नेपाली काँग्रेस बाँके जिल्ला सभापति कोइराला, महाधिवेशन प्रतिनिधि विद्याप्रसाद खनालसहित एक दर्जन बढि नेता, कार्यकर्ता घाईते भएका थिए। सो घटनामा सत्तारुढ दलकै संलग्नता रहेको दावी गर्दै नेपाली काँग्रेसले दोषीमाथि कडा कार्वाही गर्न सरकारसँग माग गर्दै देशभर विरोध प्रर्दशन सुरु गरेको छ ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv