पाँच अर्ब २६ करोड लागतमा निर्माण हुने भयो संघीय संसद भवन

काठमाण्डौ,असोज १ । सरकारले सिंहदरबारभित्र संघीय संसद्को भवन निर्माण गर्ने भएको छ । बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीले वैदिक विधिद्वारा सो भवनको शिलान्यास गरेका छन् । सिंहदरबारस्थित पुतली बगैंचामा निर्माण हुने संसद् भवन एक सय ७३ रोपनी क्षेत्रफलमा फैलिने छ । पाँच अर्ब २६ करोडमा निर्माण हुन लागेको संघीय संसद् भवन निर्माण भएपछि संसदीय समिति, संसदीय दलको कार्यालय, संसद् सचिवालय एउटै भवनबाट सञ्चालन हुनेछ ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भवन बनाउने ठेकदारलाई ठाडो चेतावानी समेत दिए । सोचे अनुसार समयमा निर्माण कार्य नहुने गरेको भन्दै यो भवनको निर्माण भने समयमा गराउने अठोट लिए । अहिलेका सांसदहरुले यहाँ सिलन्यास गरेको संसद भवनमा हुने बैठकमा सहभागी भएर अर्को चुनावमा जानुहुनेछ भन्दै प्रधानमन्त्रीले सबैलाई ठट्यौली रुपमा अठोट लिएका छन् । हामी सधै ढिलो गर्ने भएकाले यो निर्माण कार्यमा बिलम्ब नहुने र मान्य नहुने भन्दै ठेकेदारलाई चेतावनी दिएका छन् । गुणस्तर कार्य र भनेको समयमा हुनुपर्यो र अहिलेको लागत भने अनुसारमा गर्नुपर्ने भन्दै सबैलाई अठोट लिन समेत लाएका छन् ।

प्रधानमन्त्रीको स्वास्थ स्थिति बिग्रेपछि सार्वजनिक कार्यक्रममा नबोलेको महिनौ भैसकेको थियो । सिङ्गापुरबाट फ़र्किएपछि र स्वस्थ भएपछीको यो प्रधानमन्त्रीको पहिलो सार्वजनिक सम्बोधन हो र यस सम्बोधनमा केपी ओलीले हसाउने देखि धेरै लाई सटायर समेत हानेका छन् । प्रधानमन्त्रीले यो सरकारले राम्रो काम गरेको छ तर केही ठाउमा चुकेको पनि छ भन्दै सरकारका गल्तिहरु पनि स्विकारीका छन् ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv