पशुपतिमा बम भेटियो

काठमाण्डौं,असोज ३ । पशुपति क्षेत्रस्थित बज्रघर अघि भेटिएको बम नेपाली सेनाको बम डिस्पोजल टोलीले निस्क्रिय पारेको छ । करीब दुई घण्टा बम भएको हल्ला चलेपछि नेपाली सेनालाई खबर गरिएको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा प्रदीप ढकालले राससलाई जानकारी दिनुभयो । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।

बम निस्क्रिय बनाएपछि पशुपति क्षेत्रको सुरक्षा व्यवस्था कडा बनाइ बम राख्ने समूहको खोजी भइरहेको महानगरीय प्रहरी वृत्त गौशालाले जनाएको छ । संविधान एवं राष्ट्रिय दिवसका दिन आज सार्वजनिक बिदा भएकाले पशुपति क्षेत्रमा भक्तजनको उल्लेख्य उपस्थिति थियो ।

पशुपति मन्दिरमा विशेष चाड पर्व नपरेका दिन पनि कम्तीमा २० हजार भक्तजन आउने गरेको कोषले जनाएको छ । बेलुकी वाग्मती सन्ध्या आरतीमा भक्तजनको विशेष भीड लाग्ने गर्छ ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv