ज्ञानेन्द्र शाही माथि हमला भएपछी गर्जिए गगन थापा

काठमाडौं,असोज ११ । नेपाली कांग्रेसका नेता गगन थापाले ज्ञानेन्द्र शाहीमाथि कु-टपि-ट गर्नेहरू कायर भएको बताएका छन्। सामाजिक सञ्जाल फेसबुकमा पोष्ट गर्दै उनले शाहीमाथि कु-टपि-ट गर्नेहरू कायर भएको र उक्साउने हरु बिरुद्ध आफुहरुले हिसाबकिताब खोज्ने उल्लेख गरेका छन्।

चितवनको भरतपुरमा भ्रष्टाचराविरोधी कार्यक्रम गर्ने भन्दै गएका बेला युवाहरूको समूहले माइक्रो बसभित्रै शाहसहित तीनजनामाथि कु-टपि-ट गरेपछि गगनको यस्तो प्रतिक्रिया आएको हो।

ज्ञानेन्द्र शाहीमाथि कु-टपि-ट गर्ने भन्दा कु-ट्नका लागि उनीहरूलाई उक्साउनेहरू मुख्य दोषी रहेको गगनले बताएका छन्। ‘ज्ञानेन्द्र शाहीमाथि आक्र-मण गर्ने विचरा कायरहरुका बारेमा के टिप्पणी गर्नु?’, गगनले भनेका छन्, ‘यो कायरताका लागि उक्साउनेहरु दोषी हुन्। अब हिसाबकिताब यिनैसँग माग्नुपर्छ।

आज चितवनको एक कार्यक्रममा सम्बोधन गर्न जादा नेकपा कार्यकर्ताले ज्ञानेन्द्र शाही माथि निर्घात कु-टपि-ट गरेका थिए। कु-टपि-ट पछि शाहीलाई उपचारको लागि काठमाडौं ल्याइएको छ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv