भरतपुर पुगेर साँसद उमा रेग्मी को गर्जन :सभामुख महरा लाई तत्काल कारवाही गर्न माग
काठमाण्डौं, असोज १५ । नेपाल महिला संघकी अध्यक्ष तथा सांसद उमा रेग्मीले सभामुख कृष्णबहादुर महरामाथि तत्काल कारबाही गर्न माग गरेकी छन्।
भरतपुरमा मंगलबार पत्रकार सम्मेलनमा अध्यक्ष रेग्मीले यो घटनामा सभामुख महराले राजीनामा दिएरै मात्रै नपुग्ने भन्दै कानुनी कारबाहीको प्रकृया तत्काल अघि बढाउन माग गरेकी हुन्। पीडित महिलाले घटना भएकै दिन आपूmलाई फोन गरेर घटनाबारे रुदै जानकारी गराएको उल्लेख गरिन्।
उनले कानुनी कारबाही प्रकृया तत्काल अघि बनढाए महिला संघले ७७ जिल्लाका वडा तहबाट आन्दोलनमा जाने चेतावनी दिइन्। ती महिलाले रुदैं टेलिफोनमा भनेको कुरा दुरसञ्चारको कल रेकर्डबाट समेत थाहा हुने रेग्मीले बताइन्।