दशैंले गर्दा गाडी भन्दा सस्तो हावाई भाडा
काठमाण्डौं असोज १७ । दशैं सुरु भइसकेको छ ,राजधानीबाट दशैं मनाउन राजधानीबाट बाहिरिनेहरुको संख्या दिनप्रति दिन बढ्दैछ । सामान्य तथ्यांकलाई मान्ने हो भने राजधानीमा बाहिरी जिल्लाबाट आएर बस्नेहरुको संख्या ५० लाखभन्दा बढी छ । यात्रुहरु घटस्थापनाभन्दा १/२ दिन अघि नै राजधानी छाड्न सुरु गरिसकेका छन् । यतिसम्म कि सोह्र श्राद्ध नसकिँदै राजधानी छाड्ने यात्रुको संख्याले सवारीको चाप बढी हुँदा नागढुंगा–नौबीसे सडक खण्डमा ठूलो जाम नै पर्यो ।
यात्रुहरु १० घण्टासम्म जाममा परेको समाचारले सरकारको चर्को आलोचना समेत भयो । त्यसैले यात्रुहरुले घरसम्म पुग्न सहज यात्राका लागि अहिले हवाई यात्रालाई रोज्न थालेका छन् । राजधानीबाट बाहिरिनेहरुले हवाई यात्रा रोज्न थालेपछि वायू सेवा कम्पनीहरुले पनि उडानहरु थप गरेका छन् भने हवाई यात्रा गर्ने यात्रुको संख्या पनि निकै बढेको छ ।
बुद्ध एयरका अनुसार गत सेप्टेम्बर २६ मा कम्पनीले अहिलेसम्मकै सबैभन्दा बढी एक दिनमा ५५९२ जना यात्रुलाई उडान गराएको जानकारी दिएको छ । घटस्थापनाको तेस्रो दिन असोज १४ गते बाहिरी जिल्लाबाट काठमाडौं भित्रनका लागि वायू सेवा कम्पनीहरुले अधिकांश ठाउँबाट आउनका लागि गाडी भाडाभन्दा पनि सस्तो दरमा टिकट उपलब्ध गराएका छन् ।
राजधानी बाहिरिनेहरुको चाप र भित्रनेहरुको चाप कम भएकाले वायू सेवा कम्पनीहरुले सस्तो दरका टिकट बिक्री गरिरहेको छ । ई-सेवाबाट टिकट काट्दा क्यास ब्याक समेत पाइने भएकाले यात्रुलाई तय गरिएको टिकट दरभन्दा अझ बढी सस्तो पर्ने देखिएको छ ।
कहाँबाट कति लाग्छ भाडा, गन्तव्य भाडा नगद फिर्ता ८०
विराटनगर-काठमाडौं २०००/८० भैरहवा-काठमाडौं २२००/८० धनगढी-काठमाडौं ३६००/१२० नेपालगञ्ज-काठमाडौं २८००/८० भद्रपुर-काठमाडौं २२००/८० भरतपुर-काठमाडौं ३३५०/८१ जनकपुर-काठमाडौं २०००/८० सिमरा-काठमाडौं ३१२०/१०० सुर्खेत-काठमाडौं ७७३०/८७।३ पोखरा-काठमाडौं ३०००/८०
माथि उल्लेखित टिकट दर ई–सेवाबाट लिइएको हो । क्लिक मांडूबाट