रोशनीले गरिन महरा विरुद्ध उजुरी दर्ता

काठमान्डौं,असोज १८ । निवर्तमान सभामुख कृष्णबहादुर महराविरुद्ध उजुरी दर्ता भएको छ । पीडित महिला रोशनी शाहीले शुक्रबार महराविरुद्ध किटानी जाहेरी दिएपछि उजुरी दर्ता भएको हो । आफूलाई कर’णी गर्न प्रयास गरेको र त्यसको प्रतिवाद गर्दा आफूमाथि हिं सा गरेको भन्दै उनले नयाँ बानेश्वर प्रहरी वृत्तमा शुक्रबार उजुरी दर्ता गराएकी हुन्। प्रहरीले गरेको प्राविधिक अनुसन्धानमा महरा आइतबार रोशनीको कोठामा देखिएको छ । यदि उनले कर’णी गरेको पुष्टि भएमा तीन वर्ष कैद र ३० हजार रुपैयाँ जरिबाना हुनेछ । ‘भोलि आइतबार अदालत खुलेपछि अदालतको आदेश लिएर महरालाई पक्रने तयारी गर्नेछौं’, प्रहरी उच्च स्रोतले भन्यो।

असोज १२ गते आइतबार महरा र’क्सीको बोतल बोकेर शाहीको तीनकुनेस्थित डेरामा पुगेका थिए। त्यो रातको घटनाको भोलिपल्ट शाहीले मिडियालाई महराले आफूलाई ब ला त्कार र हा तपात गरेको बताएकी थिइन्। भोलिपल्ट उनको अनुहार र जिउमा चो’टप’टक देखिएको थियो। आरोप लागेपछि सोमबार घटनाको अनुसन्धानमा सहज होस् भन्‍ने हेतुले आफूले राजीनामा दिएको महराले बताएका थिए । तर, सोमबार बेलुका रोशनीले फेरि एक अर्को अनलाइनलाई महरा आफ्नो बाबु समान भएको र आफ्नो कोठामा नआएको बताएकी थिइन् । सीसीटिभी क्यामेराको फुटेजमा महरा रोशनी बस्ने घरमा गएको देखिएको छ।

घटना भएकै आइतबार राति नै पीडित महिलाले महराले ब ला त्कार गरेको भन्दै प्रहरीमा खबरसमेत गरेकी थिइन् । खबरलगत्तै महानगरीय प्रहरी वृत्तका डीएसपी नेतृत्वको टोली घटनास्थलमा पुगेको थियो । प्रहरी टोली पुग्दा महरा भने त्यहाँ थिएनन् ।

घटना भएको पर्सी पल्ट असोज १४ गते प्रहरीले शाहीको डेरामा गएर महराले ल्याएका र क्सीको बोतल, घम्साघम्सीमा भाँ’चिएको महराको चस्माको खुट्टा र कोठाबाट हतारमा निस्किँदा छुटेको जुत्ताको तलुवालगायत सामान प्रहरीले बरामद गरेको थियो। जाँचका लागि ती सामान प्रहरीको फरेन्सिक ल्याबमा पठाएको छ।



Basundhara -3 Kathmandu Nepal

Information Department Registration No - 1166 /075/076
President – Ratan Bahadur Chand
Contact- ००977-9818610415/9860975774
Mail - [email protected]
Manager - Gyanendra Prasad Bhatt

About Us

Niatra Multi Media Pvt. Ltd.
Editor - Bibek Bikram Malla
Correspondent - Nabin Timilsina
Photo journalist - Ratan Bahadur Chand
Ashish Neupane

Mail - [email protected]

Us on social media

© 2017 Niatratv