मनसुनको न्यून चापिय प्रणााली बंगलादेश तथा आसपासका क्षेत्र तिर रहेकाले नेपालमा मौसममा सुधार

काठमाडौं, असोज। मनसुनको न्यून चापिय प्रणााली बंगलादेश तथा आसपासका क्षेत्र तिर रहेकाले नेपालमा मौसममा सुधार आएको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज पहाडी भु-भागमा आंशिक बदली रही केही स्थानमा हल्का वर्षाको सम्भावना छ । तराईमा मौसम सफल रहनेछ ।

साँझ पहाडमा आंशिक बदली रहेपनि देशका बाँकी भागमा मौसम सफा रहनेछ ।

महाशाखाले जारी गरेको मौसमको ३ दिने पूर्वानुमान यस्तो छ

असोज २५ गते (शनिबार)

दिउँसो: देशको पहाडी भु-भागमा आंशिक बदली रही एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहने छ । तराईका भु-भागमा मौसम सामान्यतया सफा रहनेछ ।

राति: देशको पहाडी भु-भागमा आंशिक बदली रहने र तराईका भु-भागमा मौसम सामान्यतया सफा रहने छ।

असोज २६ गते (आइतबार)

दिउँसो: देशको पहाडी भु-भागमा आंशिक बदली रही बांकि भु-भागमा मौसम सामान्यया सफा रहनेछ ।

राति: देशको पहाडी भु-भागमा आंशिक बदली रहने र बांकि भु-भागमा मौसम सामान्यतया सफा रहने छ।

असोज २७ गते (सोमबार)

दिउँसो: देशको पहाडी भु-भागमा आंशिक बदली रही बांकि भु-भागमा मौसम सामान्यया सफा रहनेछ ।

राति: देशको पहाडी भु-भागमा आंशिक बदली रही बांकि भु-भागमा मौसम सामान्यया सफा रहनेछ ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv