सिन्धुपाल्चोक बस दुर्घटनामा परि ज्यान गुमाउने ११ जनाको परिचय खुल्यो, घाईतेहरुको उपचार हुँदै (नामासहित)

काठमाडौं, असोज। सिन्धुपाल्चोकमा शुक्रबार भएको बस दुर्घटनामा परि ज्यान गुमाउने ११ जनाको परिचय खुलेको छ ।

बस दुर्घटनामा परि पाँच जनाको घटनास्थलमा, १ जनाको उपचार गर्न अस्पताल लैजाँदै गर्दा बाटोमा र ५ जनाको अस्पतालमा ज्यान गएको हो । ज्यान गुमाउनेमा काभ्रेको बनेपा नगरपालिका–३, का केदारनाथ महाजु, पाँचखाल नगरपालिका ६ की संगिता मिजार, सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–९ की हिरा श्रेष्ठ र विनोद लम्साल, इन्द्रावती गाउँपालिका–१० का रितेष आचार्य, सुवास अधिकारी, सुमित पुर्कुटी र मिना मगर, ललितपुर बस्ने इन्द्रावती गाउँपालिका–९ की समिता श्रेष्ठ र जुनादेवी लम्साल तथा मेलम्ची नगरपालिका १३ का अनुश तामाङ रहेका छन् ।

दुर्घटनामा परि घाइते हुनेहरुको बनेपामा रहेको शिर मेमोरियल अस्पताल, धुलिखेल अस्पताल तथा काठमाण्डौका विभिन्न अस्पतालमा उपचार भैरहेको छ । 

भोटसिपाबाट काठमाण्डौका लागि छुटेको हेलम्बु यातायातको बा २ ख २७१५ नम्बरको बस शुक्रबार इन्द्रावती गाउँपालिका १० मा दुर्घटना हुँदा चालकसहित ११ जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यलय सिन्धुपाल्चोकका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) माधवप्रसाद काफ्लेले जानकारी दिनुभयो ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv