बलिउड अभिनेत्री दीपिकाले जलाइन ‘प्रोस्थेटिक’ मेकअप

काठमाडौं । बलिउड अभिनेत्री दीपिका पादुकोणले चलचित्र ‘छपाक’ को शुटिङ सकिने बित्तिकै अनुहारमा प्रयोग गरिएको ‘प्रोस्थेटिक’ मेकअपलाई जलाएकी छन्। उनले शुटिङका समयमा एसिड अट्याकका भूमिकाका लागि ‘प्रोस्थेटिक’ मेकअफ प्रयोग गरेकी थिइन्।

‘छपाक’ चलचित्रमा उनी एसिड अट्याक सर्वाइवर लक्ष्मी अग्रवालको जीवनमा घटेको सत्य घटनामा आधारित भूमिकामा देखिएकी छन्। दीपिकाले भारतिय सञ्चार माध्यमसँग कुरा गर्दै भनिन् ‘शुटिङ सकिएपछि शुटिङसँग जोडिएका केही न केही बस्तु आफूँसँग राखिन्छ यादका लागि। तर मैले आफ्नो मेकअप हटाएपछि उक्त मेकअप जलाए।’

उक्त चलचित्रको शुटिङ जुन २०१९ मा सकिएको थियो। छपाक चलचित्रमा दीपिका मालतीको भूमिकामा छिन् । दीपिकासँगै उक्त चलचित्रमा विक्रान्तको पनि भूमिका रहेको छ। छपाक चलचित्रलाई मेघना गुलजारले निर्देशन गरेकी छन्। उनले आफ्नो इन्स्टाग्राममा फोटो पोष्ट गर्दै लेखेकी छन् ‘अमोल र मालतीलाई आफूसँगै राख्छु।’

उक्त चलचित्र १० जनवरी २०२० मा रिलिज हुने भएको छ।  यस्तै दीपिका इन्डियन क्रिकेट टिम १९८३ को क्रिकेट वल्र्ड कप जीतमा बनिरहेको चलचित्र ‘८३’ मा पनि देखा पर्ने छिन्।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv