बिद्यालय भवन पुनर्निर्माणका लागि नेप्लिज सोसाइटी अफ टेक्सासले गर्‍यो ३० लाख अनुदान

काठमाण्डौं, असोज २७ । नेप्लिज सोसाइटी अफ टेक्सास अमेरिकाले बिद्यालय भवन निर्माणका लागि ३० लाख अनुदान गरेका छन । श्री थोकर्पा , सेकन्डरी स्कुल सिन्धुपाल्चोक जिल्लाको १ र राजेश्वरी प्राथमिक बिद्यालय दोलखा जिल्लाको १ बिद्यालय गरी जम्मा २ बिद्यालयको पुनर्निर्माणका लागि उक्त रकम हेल्प नेपाल नेटवर्कलाई चेक हस्तान्तरण गरेका हुन ।

अमेरिकाको डालस टेक्सासमा रहेका नेपालीहरु र बिभिन्न संघ संस्थाबाट प्राप्त सहयोग रकम संकलन गरी नेप्लिज सोसाइटी अफ टेक्सासले उक्त रकम संकलन गरेका हुन । सो संस्थाले हाल सम्म बिभिन्न जिल्लाका १० बिद्यालय भवन निर्माणका लागि सहयोग गरी सम्पन्न गरी सकेको छ ।

नेप्लिज सोसाइटी अफ टेक्सासका अध्यक्ष सुमन थापा,महासचिव भक्त बहादुर भण्डारी,कोषाध्यक्ष अमित शर्मा,कार्यसमिती सदस्यहरु मधुर खरेल, पुर्व अध्यक्ष बैकुण्ठ बिक्रम थापा,कृष्ण लामिछाने,सल्लाहकार पासाङ लामा रहेका छन ।

अमेरिकाको टेक्सासमा करिब ५० हजार भन्दा बढी नेपालीहरु बसोबास गर्ने गरेका छन । सोही नेपालीहरु माझ नेप्लिज सोसाइटी अफ टेक्सास पनि प्रतिष्ठित र जेठो संस्थाको रुपमा चिनिन्छ ।

रकम हस्तान्तरण कार्यक्रममा नेपाली समाज टेक्सिस भुकम्प पुनर्निर्माण नेपाल टिमका बिजु श्रेष्ठ,मधुसुधन अधिकारी र केशब अधिकारी अच्युत थापा लगायतको उपस्थी रहेको थियो ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv