एनआरएनएको ९ औं अधिवेशनको पुर्व सन्ध्यामा घले दम्पतीको शुभ-कामना आदान प्रदान तथा भेट्घाट कार्यक्रम (भिडियो )

काठमाण्डौं,असोज २७ । एनआरएनए का पुर्व अध्यक्ष शेष घले दम्पतिले शुभ-कामना आदान प्रदान तथा भेट्घाट कार्यक्रमको आयोजना गरेका छन । सोमबार अन्नपूर्ण होटेलमा आयोजित कार्यक्रममा एनआरएनएका पुर्व अध्यक्ष जिवा लामिछने, एनआरएनएको अधिवेशनमा सहभागी हुन आएका धेरै जसोको उपस्थिती रहेको थियो ।

आफ्नो मन्तब्यको क्रममा घलेले बिगतमा गरेको कृयाक्लापलाई स्मरण गर्दै भने “मैले दुई पटक सम्म सस्थामा अध्यक्ष भएर काम गर्ने अवसर पाएँ, यो मेरो लागि सौभाग्य थियो । सोही क्रममा उनले महाबिनाशकारी भुकम्पको बेला आफुले गरेको कुराको पनि स्मरण गर्नु भयो । एनआरएनए को अधिबेशनमा कार्यसमिती चयन गर्दा सकेसम्म निर्वाचन प्रकृयामा जान नपरोस सर्वसम्मतले चयन होस् भन्ने चाहना रहेको बताए । उक्त कार्यक्रममा जमुना घले,पुर्व अध्यक्ष जिवा लामिछने लगायतले शुभकामना ब्यक्त गर्नु भएको थियो ।

विश्वका विभिन्न देशबाट एनआरएनएको ९ औं अधिवेशनका लागि १५ सयभन्दा धेरै प्रतिनिधिहरू काठमाडौंमा भेला भएका छन् । महाधिवेशनको उद्घाटन मंगलबार काठमाडौंमा हुँदैछ ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv