खेमको ‘कपलु कोरेर’ मा बिनोद र जुनाको यस्तो अवस्था (भिडियोसहित)

काठमाडौं । लोकसर्जक खेम सेन्चुरीको लोक गीत ‘कपलु कोरेर’ बजारमा आएको छ ।

सेन्चुरी र सुमधुर आवाजकी धनि गायिका सम्झना भण्डारीको आवाजमा  रहेको गीतमा शब्द र संगीत स्वयम् सेन्चुरीकै रहेको उक्त गीतको थेगो ‘कपलु कोरेर’ स्वर्गिय तीर्थ बहादुर गन्धर्वको हो ।

भर्खरै बिहे गरेका नवजोडी आर्थिक अवस्था कमजोर भएका कारण छुट्टिनुपरेको अवस्थालाई मुख्य कथा बनाएर यस गीतमा दर्शाईएको छ ।

घरको आर्थिक अवस्था कमजोर भएकै कारण रोजगारीको लागि बुढा बुवा बिरामी आमा र जीवनसाथी आफु जन्मेको गाउँघरलाई छोडेर बिदेशीनु परेको दुखद अवस्थालाई कलाकार बिनोद भण्डारी र जुना गुरुङले वास्तविक अभिनय मार्फत उतारेका छन् ।

पछिल्लो समय स्वदेशमा बसेर रोजगार र आर्थिक अवस्था बलियो नहुनेभएपछि रहर र चाहना नहुँदानहुदैपनि धनपैसाको लागि बिदेशीने युवाहरुको संख्या बढ्दो छ । घरलाई श्रीगार्ने सपनामा बैदेशिक रोजगारीमा गएकाहरुको घर र मायासम्बन्ध बिग्रीरहेको पनि देख्न र सुन्नमा आईरहेको हुन्छ । गीतमा यस्ता कथाहरुलाईपनि समेटेको छ ।

आफ्नी मायालाई धनको भारी बोकेर फर्किन्छु, यति भन जीवनभर पर्खिन्छु भन्दै आग्रह गरेको पल निकै पिडादायी बनेको छ । हरेक नेपालीको वास्तविकतालाई बोलेको छ । शब्द, संगीत, आवाज अनि अभिनय सबै उत्तिकै शशक्त रहेको गीतलाई छोटो समयमानै अत्यधिक रुचाईएको छ ।

बिनोद बाजुरालीको संगीत संयोज रहेको उक्त गीतको कथा र निर्देशन कलाकार स्वयम् बिनोद भण्डारीले गरेका हुन् । गीतलाई पृथ्वी ईन्टरटेन्मेन्टको अफिसियल युट्युवमार्फम सार्वजनिक गरिएको हो ।



Basundhara -3 Kathmandu Nepal

Information Department Registration No - 1166 /075/076
President – Ratan Bahadur Chand
Contact- ००977-9818610415/9860975774
Mail - [email protected]
Manager - Gyanendra Prasad Bhatt

About Us

Niatra Multi Media Pvt. Ltd.
Editor - Bibek Bikram Malla
Correspondent - Nabin Timilsina
Photo journalist - Ratan Bahadur Chand
Ashish Neupane

Mail - [email protected]

Us on social media

© 2017 Niatratv