चिनियाँ राष्ट्रपति सीको दुई दिने राजकीय भ्रमणको समीक्षा गर्न नेकपाको सचिवालय बैठक बस्दै

काठमाडौं, असोज।  सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले चिनियाँ राष्ट्रपति सी जिनपिङले गरेको दुई दिने राजकीय भ्रमणको समीक्षा गर्ने भएको छ ।

चिनियाँ राष्ट्रपति सी को नेपाल भ्रमणको समीक्षा गर्न नेकपाले केन्द्रीय सचिवालय बैठक बोलाएको छ । बैठक मंगलबारका लागि बोलाइएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन्।

चिनियाँ राष्ट्रपति सी आइतबार दुई दिने नेपाल यात्रा सम्पन्न गरी स्वदेश फर्किएका थिए। उनको भ्रमणबाट नेपाल र चीनको सम्बन्ध नयाँ उचाईमा पुगेको विश्लेषण गरिएको छ।

उनी नेपाल रहँदा केरुङ–काठमाडौँ रेलमार्ग निर्माणका लागि सम्भाव्यता अध्ययन गर्ने, सुरुङ मार्ग निर्माण गर्ने लगायत समझदारी भएको छ । सचिवालय बैठकमा बैठकमा पार्टी एकताका बाँकी कामबारे पनि समीक्षा हुने भएको छ ।

पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यव्यस्तताका कारण सचिवालय बैठक लामो समयदेखि बस्न सकेको थिएन।



Basundhara -3 Kathmandu Nepal

Information Department Registration No - 1166 /075/076
President – Ratan Bahadur Chand
Contact- ००977-9818610415/9860975774
Mail - [email protected]
Manager - Gyanendra Prasad Bhatt

About Us

Niatra Multi Media Pvt. Ltd.
Editor - Bibek Bikram Malla
Correspondent - Nabin Timilsina
Photo journalist - Ratan Bahadur Chand
Ashish Neupane

Mail - [email protected]

Us on social media

© 2017 Niatratv