अफगानिस्तानको एक मस्जिदमा ठूलो बम विस्फोट, ६२ जनाको मृत्यु

काठमाडौं, कात्तिक २ । शुक्रबार नमाज पढिरहेका बेला अफगानिस्तानको एक मस्जिदमा भएको बम विस्फोटमा परि कम्तीमा ६२ जनाको मृत्यु भएको छ ।

अफगानी अधिकारीहरुका अनुसार पूर्वी नानगहर प्रान्तमा रहेको एउटा मस्जिदमा शुक्रबारको नमाज पढिरहेका बेला बम विस्फोट गराइएको हो । विस्फोटमा परि कैयौँ घाइते भएका छन् । विस्फोटका कारण मस्जिदको छतसमेत खसेको छ ।

यस क्षेत्रमा चरमपन्थी समूह इस्लामिक स्टेट र तालिबान दुवै सक्रिय छन् । तर दुवैले अहिलेसम्म विस्फोटको जिम्मेवारी लिएका छैनन् ।

नानगहर प्रान्तका गभर्नर अताउल्लाह खोग्यानीका अनुसार प्रान्तीय राजधानी जलालाबादबाट ५० किलोमिटर पर रहेको हस्का मिना जिल्लाको एउटा मस्जिदमा विस्फोट भएको हो ।

यो विस्फोट संयुक्त राष्ट्र संघले यस वर्षको गर्मीमा अफगानी आम नागरिकको बढी ज्यान गएको बयान जारी गर्ने्बित्तिकै भएको हो ।

संयुक्त राष्ट्र संघका अनुसार गएको जुलाईदेखि सेप्टेम्बरसम्म कम्तीमा ११७४ नागरिक मारिएका छन् । यसमा २०१९ को जुलाई महिना यो दशककै सबैभन्दा रक्तपातपूर्ण महिना सावित भएको छ ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv