फ्रेञ्च लिग वानमा पीएसजीको प्रभावशाली जित

काठमाडौं, कात्तिक २ ।फ्रेञ्च लिग वानमा पीएसजीले प्रभावशाली जित निकालेको छ । फ्रेञ्च लिग वानको साविक विजेता पेरिस सेन्ट जर्मेन(पीएसजी)ले लामो समयको ब्रेकपछिको खेलमा निसमाथि प्रभावशाली जित निकालेको हो । ९ खेलाडीमा झरेको निसलाई पीएसजीले चार(एकले हरायो ।

पीएसजीको जितमा एञ्जल डी मारियाले दुई गोल गरे । खेलको १५ औँ मिनेटमा मारियाको गोलमा पीएसजीले अग्रता बनाएको थियो । त्यसपछि २१ औं मिनेटमा फेरि मारियाले नै गोल गर्दै पीएसजीलाई दुई(शून्यले अगाडि राखे ।

पहिलो हाफमा दुई गोलको अग्रता बनाएको पीएसजीविरुद्ध ६७ औं मिनेटमा निसले एक गोल फर्काएको थियो । उसका लागि गानागोले गोल गरेका थिए । तर त्यसपछि निसले तीन मिनेटका फरकमा दुई वटा रातो कार्ड पाउन पुग्यो ।

७४ औं मिनेटमा साइप्रिनले दोहोरो पहेलो कार्ड पाए भने ७७ औं मिनेटमा हेरेलीले सोझै रातो कार्ड पाउँदा निस नौ खेलाडीमा झर्न पुग्यो । जसको फाइदा उठाउँदै पीएसजीले दुई मिनेटको फरकमा दुई गोल थप्न सफल भयो । ८८ औं मिनेटमा केलियन एम्बाप्पेले गोल गरे भने ९० औं मिनेटमा इकार्डीले गोल गर्दै चार(एकको अवस्थामा पुर्‍याए ।

यो जितसँगै पीएसजीले अंकतालिकामा दश खेलबाट २४ अंक बनाएको छ ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv