दसैँमा काठमाडौं उपत्यकामा १० को मृत्यु

काठमाडौं, कात्तिक २ । यस वर्षको दशैंमा काठमाडौं उपत्यकाभित्र सवारी दुर्घटनामा परी १० जनाको मृत्यु भएको छ । घटस्थापनादेखि पूर्णिमासम्म ३५० सवारी दुर्घटनामा १० ले ज्यान गुमाएका महानगरीय ट्राफिक प्रहरीले बताएको छ । यस्तै १४ गम्भीर घाइते र ३०४ सामान्य घाइते भएका छन् ।

तीव्रगति र चालकको लापरवाहीका कारण धेरै दुर्घटना भएको महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले बताए ।

गत वर्षको दसैँको समयमा २८५ सवारी दुर्घटनामा १३ ले ज्यान गुमाएका थिए भने आठ गम्भीर घाइते तथा २०२ सामान्य घाइते भएका थिए ।

यसैगरि महाशाखाले यस वर्षको दशैँको समयमा ट्राफिक नियम उलङ्घन गर्ने १४ हजार ९११ सवारी साधनलाई कारवाही गरेको छ । गत वर्षको दसैँमा पाँच हजार सवारी साधनलाई नियम उल्लङ्घन गरिएको भन्दै कारवाही गरिएको थियो ।

गत वर्ष भन्दा यस वर्षको दशैंमा सवारी दुर्घटनामा कमी आएको पनि प्रहरीले जनाएको छ ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv