चिलीमा हिंसात्मक प्रदर्शनपछि आपत्कालीन अवस्थाको घोषणा

काठमाडौं, कात्तिक २ । चिलिमा हिंसात्मक प्रदर्शनपछि आपत्कालीन अवस्थाको घोषणा गरिएको छ । चिलीमा मूल्यवृद्धिको विरोधमा चर्किएको प्रदर्शन हिंसात्मक बनेपछि राजधानी सान्टियागोमा आपत्कालीन अवस्थाको घोषणा गरिएकाहो ।
मेट्रोरेलको टिकटमा गरिएको मूल्यवृद्धिको विरोधमा स्कुल तथा विश्वविद्यालयका विद्याथीहरु प्रदर्शनमा उत्रिएका हुन् ।

उनीहरुले मेट्रोरेल सेवाका विभिन्न संरचना व्यापक रुपमा तोडफोड गरेका छन् ।

प्रदर्शनकारीहरुले प्रहरीको गाडी तोडफोड गर्नुका साथै केहीमा आगजनीसमेत गरेका छन् । प्रदर्शन नियन्त्रणका लागि दंगा प्रहरीले अश्रुग्यास प्रहार गरेको थियो ।

शान्ति–सुव्यवस्था कायम गर्न आपत्कालीन अवस्थाको घोषणा गरिएको भन्दै राष्ट्रपति सेबास्टिन पिनेराले वार्ताका लागि आह्वान गरेका छन् ।
चिलीमा राजधानी सान्टियागोको महँगो जीजवशैली लगाएतका कारण पनि आर्थिक सुधारको माग बढ्दै जान थालेको छ । पछिल्लो समय त्यहाँ निकै हिंसात्मक प्रर्दन चर्किदै जान थालेको छ ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv