चन्द्रागिरिका १सय ११ परिवारले पाए जग्गाधनी प्रमाणपत्र

काठमाडौं, कात्तिक २ । चन्द्रागिरिका १सय ११ परिवारलाई जग्गाधनी प्रमाणपत्र वितरण गरिएको छ । बलम्बुस्थित देःपखा भित्रका १यस ११ घर र जग्गाको धनी प्रमाणपत्र पूर्जा वितरण गरिएको हो ।


विसं २०२१ सालमा गरिएको नापीका क्रममा छुटेका बलम्बु गाउँ ब्लक एरियामा रहेका घर जग्गाको चारकिल्ला छुट्टयाइ सम्बन्धित जग्गा धनीलाई नगरपालिकाको पहलमा धनीपूर्जा वितरण गरिएको नगर प्रमुख घनश्याम गिरीले बताए ।


नगरवासीलाई जग्गाधनी प्रमाणपत्र पूर्जा नगरपालिकाले आयोजना गरेको कार्यक्रममा नगरप्रमुख घनश्याम गिरी, नापी कार्यालयका प्रमुख सुरेश जोशी, वडा अध्यक्ष प्रकाश श्रेष्ठलगायतल हस्तान्तरण गरेका हुन् ।


सो अवसरमा नगरप्रमुख गिरीले नगरवासीको चाहनालाई सम्बोधन गर्नेगरी कामकारबाही अगाडि बढाइरहेको बताए।


वडाध्यक्ष श्रेष्ठले स्थानीय तहको निर्वाचनका क्रममा घोषणापत्रमा उल्लेख गरिएअनुसार नै पूर्जा उपलब्ध गराइएको बताए।

नगरक्षेत्र भित्र रहेका अन्य घररजग्गा विहीन नगरवासीलाई पनि धनी प्रमाण पूर्जा वितरण गरिने नगरपालिकाले जनाएको छ।


जग्गाधनी प्रमाणपूर्जा विहीन नगरवासीलाई पूर्जा उपलब्ध गराउन नगरपालिकाले पहल गर्दै आएको थियो। सोहि अनुसार प्रमाणपत्र वितरण गरिएको हो ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv