प्रहरीको गाडीमा तोडफोड गर्ने ७ जना पक्राउ

काठमाडौं, कात्तिक २ । प्रहरीको गाडी तोडफोड गरेको अभियोगमा प्रहरीले ७ जना युवालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा कटहरिया ६ फतेपुरका बर्ष ३० का सुवोध कुमार सहनी, सोही ठाँउका बर्ष ३० का रन्जित स हनी, बर्ष ३०का वीरेन्द्र सहनी, बर्ष २६ का उमेश पाश्वान, बर्ष १९ का मुना खाँ र बर्ष १८ का सकिन्द्र यादव रहेको प्रहरीले जनाएको छ ।

ना१झ १३३१ नम्बरको प्रहरीको गाडीमा कटहरिया ६ फतेपुर नजिक युवाहरुले तोडफोड गरेका हुन् ।

गौरबाट थुनुवा पुर्याएर फर्किरहेको प्रहरी गाडीमाथि शुक्रवार अपरान्ह फतेपुरगाँउ छेउमा दर्जनौ मानिसको भिडले एक्कासी ढुंगामुढा गरि तोडफोड गरेका थिए ।

ढुंगामुढाबाट गाडीको सिसा फुटेको र केही प्रहरीलाई चोटपटक समेत लागेको बताएको छ ।
प्क्राउ परेकाहरुमाथि अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय गरुडाका निमित्त प्रमुख प्रहरी निरीक्षक रिपेन्द्र सिंहले बताए ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv