नेपालीहरुको घना वस्ती भएको अमेरिकाको टेक्सस ड्यालसमा भीषण आँधीबेरी

अमेरिका– नेपालीहरुको घना वस्ती भएको अमेरिकाको टेक्सस ड्यालसमा भीषण आँधीबेरी (टोरनेडो)आएको छ । आँधीबेरीबाट बस्ती अन्धकारमय भएको छ। आइतबार राती ९स्३० बजे बाट आएको आँधिबेरी ९टोरनेडो०ले एकलाख घरहरु प्रभावित भएका छन् । आँधीमा परेर घाइते हुनेहरुको स्थानीय अस्पतालमा उपचार भैरहेको छ भने अन्य मानवीय क्षतिबारे विवरण आइसकेको छैन ।

आँधीका कारण ठुला भवनहरुमा समेत क्षति पुगेको छ भने रुख र बिजुली बत्तीका खम्बाहरु ढलेका छन् । ड्यालसको फोर्ट वर्थ क्षेत्रमा निकै क्षति भएको हुन्सक्ने अनुमान गरिएको छ ।

सोही क्षेत्रमा १ लाख ग्राहकका घरमा बिजुली बत्ति बिच्छेद भएको छ । सरकारले आँधी प्रभावित क्षेत्रका विद्यालय र विश्वविद्यालय समेत केही दिनका लागि बन्द गर्ने निर्णय गरेको सीएनएनले जनाएको छ ।सोमबार बिहानदेखि प्रहरीहरु प्रभावित क्षेत्रमा पुगेर उद्धार जुटिरहेका छन् ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv