विप्लव समूहका नेता गुणराज लोहनी पक्राउ

काठमाडौं , कात्तिक ५। नेत्रविक्रम चन्द (विप्लव) समूहका नेता गुणराज लोहनी पक्राउ परेका छन् । उनी चितवनको भरतपुर महानगरपालिका-११ बसेनीबाट पक्राउ गरेका हुन् । उनलाई जिल्ला प्रहरी कार्यालय चितवनको टोलीले सोमबार बिहान घरबाटै पक्राउ गरेको हो ।

लोहनी विप्लव समूहको केन्द्रीय सदस्यको जिम्मेवारीमा थिए । तर, लोहनीको स्वास्थ्य समस्याका कारण केन्द्रीय समितिमा रहेर काम गर्न नसक्ने भन्दै उनलाई पार्टीबाट विदाई गरिएको थियो ।

लोहनीले चितवन प्रहरीलाई पनि पार्टीले आफूलाई दुई महिना अगाडि नै कारबाही गरिसकेको र हाल स्वतन्त्र नागरिकको रुपमा बसीरहेको प्रारम्भिक बयान दिएका छन् । उनीबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी एवम् प्रवक्ता एकनारायण कोइरालाले जानकारी दिए ।



Basundhara -3 Kathmandu Nepal

Information Department Registration No - 1166 /075/076
President – Ratan Bahadur Chand
Contact- ००977-9818610415/9860975774
Mail - [email protected]
Manager - Gyanendra Prasad Bhatt

About Us

Niatra Multi Media Pvt. Ltd.
Editor - Bibek Bikram Malla
Correspondent - Nabin Timilsina
Photo journalist - Ratan Bahadur Chand
Ashish Neupane

Mail - [email protected]

Us on social media

© 2017 Niatratv