नयाँ हवाई नीति बनाउन कार्यदल गठन, ६० दिनभित्र मस्यौदा बनाउनुपर्ने

काठमाण्डौ । कात्तिक ५ । नयाँ हवाइ नीति बनाउन संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले कार्यदल गठन गरेको छ ।

हवाई यातायातको क्षेत्रमा विश्वव्यापी रुपमा ग्रहण गरिएको प्रविधि, सार्क देशमा रहेको अवस्था र नेपालको बदलिँदो आवश्यकतालाई मध्यनजर गरेर नीतिको मस्यौदा बनाउन ७ सदस्यीय कार्यदल गठन गरिएको मन्त्रालयले जनाएको छ ।

कार्यदलमा नेपाल सरकारका पूर्व सचिव यज्ञप्रसाद गौतम,नागरिक उडड्यन प्राधिकरणका पूर्व महानिर्देशक रतिशचन्द्र लाल, वायुसेवा निगमका पूर्व उपमहाप्रवन्धक राजु केसी, नागरिक उडड्यन प्राधिकरणका उपमहानिर्देशक देवानन्द उपाध्याय, वायुसेवा सञ्चालक संघका सुमन पाण्डे, क्याप्टेन दधिराम निरौला र मन्त्रालयका सह–सचिव सुरेश आचार्य रहेका छन् ।

कार्यदलले ६० दिनभित्र मस्यौ बनाइसक्नुपर्नेछ । नीतिको मस्यौदाको लागि सुझाव दिन मन्त्रायले आग्रह गरेको छ ।



Basundhara -3 Kathmandu Nepal

Information Department Registration No - 1166 /075/076
President – Ratan Bahadur Chand
Contact- ००977-9818610415/9860975774
Mail - [email protected]
Manager - Gyanendra Prasad Bhatt

About Us

Niatra Multi Media Pvt. Ltd.
Editor - Bibek Bikram Malla
Correspondent - Nabin Timilsina
Photo journalist - Ratan Bahadur Chand
Ashish Neupane

Mail - [email protected]

Us on social media

© 2017 Niatratv