प्रधानमन्त्री ओलीलाई देउवाले गरे टेलिफोन, के भने ?

काठमाडौं, कात्तिक ५ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री केपी शर्मा ओलीबीच टेलिफोनमा कुराकानी भएको छ ।

प्रमुख प्रतिपक्षी दलका नेता देउवाले मंगलबार बिहान प्रधानमन्त्री ओलीलाई टेलिफोन गर्दै आज बेलुकाका लागि बोलाइएको संवैधानिक परिषदको बैठक स्थगित गर्न आग्रह गरेका छन् ।

दुई नेताबीच आजको बैठक स्थगित गरी आ–आफ्नातर्फको तयारी गरेर फेरि अर्को दिन बस्ने सहमति पनि भएको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

बूढानीलकण्ठस्थित आफ्नै निवासमा कांग्रेस पदाधिकारी बैठक चलिराखेकै बेला प्रधानमन्त्री ओलीलाई टेलिफोन गरेर देउवाले मंगलबारका लागि बोलाएको संवैधानिक परिषद् बैठक पछि सार्न आग्रह गरेका हुन् ।

प्रधानमन्त्री ओलीलाई देउवाले संवैधानिक परिषद बैठकका एजेण्डामा पनि सकेसम्म सत्ता र प्रतिपक्षको सहमति बनाउँदा राम्रो सन्देश जाने बताएका थिए ।

परिषदको अर्को बैठक प्रधानमन्त्री विदेश भ्रमण सकाएर स्वदेश फर्किएपछि मात्रै बस्ने गरी बोलाउन सभापति देउवाले प्रधानमन्त्री ओलीलाई आग्रह गरेका छन् ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv