काठमाडौंमा विद्यालयको छानो खस्दा ३९ विद्यार्थी घाइते, अवस्था यस्तो छ

काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपालिका–३ जितपुरमा एक निजी विद्यालयको छानो भत्किँदा ३९ जना विद्यार्थी घाइते भएका छन् ।

जितपुरमा रहेको विद्याकुञ्ज इंग्लिश सेकेन्डरी बोर्डिङ स्कुलको छानो भत्किँदा कक्षा कोठाभित्र रहेका विद्यार्थी घाइते भएका हुन् ।

महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी उत्तमराज सुवेदीका अनुसार घाइते सबैको उद्धार गरेर मेडिसिटी अस्पताल लगिएको छ । सबै घाइतेको अवस्था सामान्य रहेको एसएसपी सुवेदीले बताए ।

विद्यालयको ट्रसको छानो कमजोर भएकाले खसेको हुनसक्ने अनुमान प्रहरीको छ ।



Basundhara -3 Kathmandu Nepal

Information Department Registration No - 1166 /075/076
President – Ratan Bahadur Chand
Contact- ००977-9818610415/9860975774
Mail - [email protected]
Manager - Gyanendra Prasad Bhatt

About Us

Niatra Multi Media Pvt. Ltd.
Editor - Bibek Bikram Malla
Correspondent - Nabin Timilsina
Photo journalist - Ratan Bahadur Chand
Ashish Neupane

Mail - [email protected]

Us on social media

© 2017 Niatratv