एक्सन रुमबाटै प्रधानमन्त्रीको निर्देशनः राष्ट्रिय गौरवका आयोजनाको काम तोकिएको समय अघि नै सम्पन्न गर्नु

काठमाडौं, कात्तिक ६ । प्रधानमन्त्री केपी शर्मा ओलीले एक्सन रुमबाटै राष्ट्रिय गौरवका आयोजनाहरुको अनुगमन गरेका छन् ।


प्रधानमन्त्री ओलीले राष्ट्रिय गौरवका आयोजनाहरुको काम तोकिएको समय अघि नै सम्पन्न गर्न सम्बन्धित मन्त्रालय र मातहतका निकायलाई निर्देशन दिएका छन्। प्रधानमन्त्री ओलीले राष्ट्रिय गौरवको आयोजनाहरुको काम गौरव गर्न लायक गरी सम्पन्न गर्न पनि तोकिएको समय अघि नै सम्पन्न गर्नुपर्नेतर्फ सम्बन्धित मन्त्री, विभाग र आयोजना प्रमुखहरुलाई कडा निर्देशन दिएका हुन्।

बुधबार प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयको एक्सन रुमबाट ६ वटा राष्ट्रिय गौरवको आयोजनाहरुको कामको प्रगति विवरण लिँदै त्यसको काममा तीव्रता दिन पनि प्रधानमन्त्री ओलीले मातहतका आयोजना प्रमुखहरुलाई निर्देशन दिए। प्रधानमन्त्री ओलीले राष्ट्रिय गौरवको आयोजनाहरुको कामलाई तोकिएको समय अघि नै सम्पन्न गर्न सम्बन्धित सबै निकायलाई निर्देशन दिनु भएको उर्जा, जलस्रोत तथा सिँचाईमन्त्री वर्षमान पुनले जानकारी दिए।

प्रधानमन्त्री कार्यालयको एक्सन रुमबाट प्रधानमन्त्री ओलीले पोखरा अन्तराष्ट्रिय विमानस्थल, गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल, हुलाकी राजमार्ग, माथिल्लो तामाकोसी जलविद्युत आयोजना, सिक्टा सिँचाई आयोजना र भेरी–डाईभर्सन सिचाई आयोजनासहित ६ वटा राष्ट्रिय गौरवका आयोजनाहरुको कामको प्रगतिविवरणबारे जानकारी लिएका थिए।

कार्यक्रममा उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री पुन, अर्थमन्त्री डा. युवराज खतिवडा र संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेशकुमार भट्टराई तथा सम्बन्धित मन्त्रालयका सचिवहरु सहभागी रहेका थिए।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv