सरकारले थप्यो सामाजिक सुरक्षा योजनाको समय एक महिना

काठमाडौं, कात्तिक ७ । सरकारले सामाजिक सुरक्षा योजनाको समय एक महिना थपेको छ । । आज सामाजिक सुरक्षा कोषद्वारा आयोजित पत्रकार सम्मेलनमार्फत सामाजिक सुरक्षा योजनाको समयावधि एक महिना थप गर्ने जानकारी दिएको हो ।


सुरक्षा योजना अन्तर्गत हालसम्म ८ हजार ८ सय १८ रोजगारदाता र १ लाख ९ सय ६८ योगदानकर्ता सुचिकृत भएको पत्रकार सम्मेलनमा वितरित विज्ञप्तिमा जनाइएको छ भने ७ करोड ६५ लाख बढी योगदान संकलन गरिएको दाबी गरिएको छ ।

सुरक्षा योजना अन्तर्गत कोषले सोही योजना अन्तर्गत दुर्घटनामा परेका केही कर्मचारीहरुलाई एकमुष्ठ सुरक्षा भत्ता उपलव्ध गराइसकेको समेत जनाएको छ । सुरक्षा योजनाको समयवधि असोज मसान्तमा सकिएको थियो ।

गत साउन १ गतेबाट कार्यान्वयनमा आएको यो योजना कार्यान्वयण गर्न कोषमा सूचीकरण गराउने सन्दर्भमा काठमाडौं,पोखरा, बुटवल र विराटनगरमा कोष, रोजगारदाता र ट्रेड युनियनको त्रिपक्षीय सहभागितामा अभिमुखीकरण कार्यक्रमहरु समेत सम्पन्न भएको जनाइएको छ ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv