सरकारले कहाँ कहाँ के के मा महिलाका लागि आर्थिक सहुलीयत छुट दिएको छ
राज्यका भिभिन्न निकायहरुबाटमा महिलाका लागि लक्षित गरी आर्थिक सहुलीयत छुट उपलब्ध छ । तर तपाई हामीलाई भने कमै जानकारी भएको हुन सक्छ । सरकारले कहाँ कहाँ के के मा छुट दिएको छ हेर्नुहोस् ।
१ – महिलाको पारिश्रमिक आयमा १० प्रतिशत छुट ब्यवस्था छ ।
२ – आयकरमा छुट महिला,दलित वा अपाङ्गता भएका ब्यक्तीहरुमध्य कम्तिमा ३३ प्रतिशत समेटालाई समावेश गरी १०० भन्दा बढी नेपाली नागरिकहरुलाई बर्षभरी प्रत्यक्ष रोजगारदिने उधोगलाई सो आयमा लाग्ने करमा २० प्रतिशत छुट हुने ब्यवस्था छ ।
३ – उधोग दर्ता मा छुट महिलाको नाममा उधोग दर्ता गर्दा लाग्ने दर्ता दस्तुरमा ३५ प्रतिशत र औधोगिक सम्पत्ति,पेन्टेड,डिजाइन र ट्रेडमार्क दर्ता गराउँदा लाग्ने दस्तुरमा २० प्रतिशत छुट दईने ब्यवस्था छ ।
४ – एक्लल महिलाका लागि उद्धार राहत , औषधी उपचार, कानुनी सहायता, शिक्षा र सीपमुलक तालिमका लागि जिल्ला स्तरीय समितीको निर्णयबाट दिने ब्यवस्था गरिएको छ । क्रमश: