राज्यले नसम्झे पनि स्थानिय सरकारले शुरु गर्यो पृथ्वीनाराण शाहलाई सम्झन
काठमाण्डौं,पौष २३ । नुवाकोट जिल्लाको बिदुर नगरपालीकाले पौष २७ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । ठकुरी सहयोग संजालको पहलमा नगरपालिकाले उक्त निर्णय गरेको संजालका सल्लाहकार किरण शाहले जानकारी दिनुभयो ।

यसैगरी गोर्खा जिल्लामा गोर्खा नगरपालीकाले पनि पौष २७ गते सार्वजनिक बिदा दिई २६ र २७ गते दुई दिन भब्य रुपमा पृथ्वी जयन्ती एंबम राष्ट्रिय एकता दिबस मनाउने निर्णय गरेको छ ।
शाह ले भने ‘संजालले २०७४ साल नुवाकोट र २०७५ मा गोरखामा भब्य रुपमा एकता दिवस मनाएको थियो र नगर प्रमुखले प्रतिबद्धता जनाए अनुसार यस बर्ष पृथ्वीनाराण शाहको जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस मनाउने निर्णय गरेको हो ।’
पौष २७ लाई भब्य रुपमा मनाउन संजालको तयारी भईरहेको समेत जानकारी दिए । नुवाकोट नगरपालिकाले बिदा दिने निर्णयको स्वागत गर्दै नुवाकोट संजालका अभियान्ता राजेन्द्र बिक्रम शाह ले अभियानलाई स्थानिय सरकारले सुनेकोमा धन्यवाद ब्यक्त गर्नुभयो ।
नेपालमा गणतन्त्र स्थापना भएपछी पृथ्वीनाराण शाह को जन्म जयनन्तीमा सरकारले बिदा दिन छोडेको हो । यद्दपी सरकारले एकता दिवसका दिन भने कार्यक्रम गरी मनाउने गरेको छ ।