‘चि मुसी चि’ को तेस्रो गीत रिलिज

काठमाण्डौ ,१० साउन । चलचित्र ‘चि मुसी चि’ को नयाँ गीत सार्वजनिक भएको छ । यसअघि दुई गीत र ट्रेलर सार्वजनिक गरिसकेको चलचित्र ‘चि मुसी चि’ को आज ‘आउ आज मायाको’ बोलको गीत सार्वजनिक गरिएको हो ।

सुरज अधिकारीको शब्द-संगीत रहेको उक्त गीतमा अलमोडा उप्रेतीको स्वर रहेको छ । गीतमा नायक सुनिल क्षेत्री र नायिका अलिशा शर्माले नृत्य गरेका छन् भने कोरियोग्राफी सुनिल आँफैले गरेका छन् ।

दिनेश श्रेष्ठ निर्देशक रहेको चलचित्रमा अरुण कुमार गुरुङ, महेश्वर खत्री, सुवास भुर्तेल, डब बहादुर गुरुङ निर्माता रहेका छन । भोली शुक्रबार देखी प्रदर्सनमा आउन लागेको चलचित्रमा सुनिल क्षेत्री, सुशान्त कार्की, अलिशा शर्मा, शिवराज कार्की, शेखर अधिकारी, कमली वाइवालागयतका कलाकारहरुको अभिनय रहेको छ ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv