चितवन जिल्ला अदालतले दियो रबी लाई सफाइ (भिडियो सहित )

चितवन,माघ ५ । पत्रकार शालिकराम पुडासैनीको आत्महत्याको मुद्दा खेपेका रवि लामिछाने सहित सबैलाई अदालतले सफाई दिएको छ ।

गत साउन २० गते नारायणगढको एक होटलमा मृत भेटिएका शालिकराम पुडासैनीको मृत्युबारे मुद्दामा अन्तिम बहससगैँ लामिछाने सहित सबैले चितवन जिल्ला अदालतले सफाईको फैसला सुनाएको हो ।

चितवन जिल्ला अदालतका न्ययाधिश हेमन्त रावलको इजलासले यस मुद्दामा सफाई फैसला गरेको हो । चितवन जिल्ला अदालतमा अपराह्न सुरु भएको बसमा प्रतिवादीका तर्फबाट ३ जना न्ययाधिशले बहस गरेका थिए ।

पत्रकार रवि लामिछाने र युवराज कँडेलको तर्फबाट वरिष्ठ अधिवक्ता सुशिल पन्त, सुनिल पोखरेल र न्ययाधिश चुडामणि सापकोटाले बहस गरेका थिए ।

पुडासैनीको मृत्यु भएपछि मृत्युअघि रेर्कड गरिएको भिडियोमा रवि लामिछाने, युवराज कँडेल र अस्मिता कार्कीलाई आत्महत्या दुरुत्साहनमा मुद्दा चलाइएको थियो ।

११ दिनसम्म हिरासतमा राखेर प्रहरीले अनुसन्धान गरी अदालतमा बुझाएको थियो । अदालतले पत्रकार रवि लामिछानेलाई रु ५ लाख, युवराज कँडेललाई ३ लाख र अस्मिता कार्कीलाई साधारण तारेका रिहा गरेको थियो ।



Basundhara -3 Kathmandu Nepal

Information Department Registration No - 1166 /075/076
President – Ratan Bahadur Chand
Contact- ००977-9818610415/9860975774
Mail - [email protected]
Manager - Gyanendra Prasad Bhatt

About Us

Niatra Multi Media Pvt. Ltd.
Editor - Bibek Bikram Malla
Correspondent - Nabin Timilsina
Photo journalist - Ratan Bahadur Chand
Ashish Neupane

Mail - [email protected]

Us on social media

© 2017 Niatratv