अग्निप्रसाद सापकोटालाई सभामुखको उम्मेदवार बनाउने निर्णय बिरुद्ध कमल थापाको खरो प्रतिकृया

काठमाण्डौ,माघ ६ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठकले सांसद अग्निप्रसाद सापकोटालाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको छ । सो निर्णय गरे लगत्तै बिभिन्न टिका टिप्पणी भई रहेको छ । रा.प्र.पा का अध्यक्ष कमल थापाले नेकपाले प्रस्ताव गरेको सभामुख प्रती खरो प्रतिकृया दिएका छन ।

आफ्नो टुईटर मा लेक्दै उनले भनेका छन ‘ पार्टीगत भागवण्डाको आधारमा नियुक्ति पाउने सत्य निरुपण र वेपत्ता आयोगले द्वन्द्वकालका पिडितहरुलाई न्याय दिनसक्दैन। तत्कालिन विद्रोही र शासक दुवै एकाकार भएर राज्यशक्ति कब्जा गरेर बसेका छन्,ब्रम्हलुट गरिरहेका छन्।प्रमुख प्रतिपक्ष स्वयं भागवण्डा पाएर चुप छ।पिडित जनता निरिह बनेका छन् । ‘

यसै गरी किरण नेपाल हिमालखबर पत्रीकामा लेख्छन “हालैमात्र नेकपाका अध्यक्ष पुष्पकमल दाहालले एक सार्वजनिक मन्तव्यमा जनयुद्धकालमा मारिएका भनिएका १७ हजारजनामध्ये “पाँच हजारको मात्रै आफूले जिम्मा लिने’ बताएका थिए । र, बाँकीको तत्कालीन राज्यले जिम्मा लिनुपर्ने तर्क गरेका थिए ।

यही आधार मान्ने हो भने पनि काभ्रेका अर्जुन लामाको हत्याको जिम्मा दाहालले लिनुपर्छ, घटनाका आरोपित उनका विश्वासपात्र अग्निप्रसाद सापकोटाले लिनुपर्छ । हत्याको जिम्मा नलिने हो भने, अदालतबाट अन्तिम निर्णय नहुञ्जेल सापकोटालाई अति गरिमापूर्ण सभामुख पदमा योग्य ठानिनुहुन्न । “



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv