बाघको फिल्ममा विद्या बालन

काठमाण्डौ,माघ ६ । विद्या बालन बलिउडकी भर्सटाइल अभिनेत्रीमध्ये एक मानिन्छिन् । विद्या आफ्नो अभिनय र चुनिएका विशेष भूमिकाबाट दर्शकलाई प्रभावित पार्छिन् । हालै उनले गणितज्ञ शकुन्तला देवीको बायोपिकको सुटिङ सकाएकी छन् । अहिले विद्याले एउटा ठूलो प्रोजेक्ट साइन गरेको खबर आएको छ । यो फिल्ममा उनी फरेस्ट अफिसरको भूमिकामा देखिने भएकी छन् ।

रिपोर्टअनुसार विद्याले ‘अवनी’ नामक बाघमाथि बन्न लागेको फिल्म साइन गरेकी हुन् । यो फिल्मका लागि निर्माता विक्रम मल्होत्रा लामो समयदेखि एक जुझारु अनुहार खोजिरहेका थिए । अन्ततः उनले विद्यालाई यो भूमिकाका लागि छानेका छन् । आगामी दुई महिनाभित्र फिल्मको सुटिङ सुरु हुनेछ ।

सर्वोच्च अदालतले २०१८ मा अवनी नामक बाघ मार्ने फैसला सुनाएको थियो । यो बाघले १४ जनाको ज्यान लिएको थियो । उसलाई मारेपछि धेरैले विभिन्न टिप्पणी गरेका थिए । केही अवनीलाई मार्नु हुँदैन भन्नेमा थिए भने केही यसको पक्षमा थिए । विद्याको फिल्म ‘शकुन्तला देवी’ ८ मेमा रिलिज हुँदैछ । यो फिल्म अनु मेननको लेखन तथा निर्देशनमा बनेको हो । एजेन्सी



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv