सभामुख उमेदवार अग्नि सापकोटालाई सभामुख बनाउनुको रहस्य खुल्यो (भिडियो अन्तर्वाता )

काठमाडौँ, १२ माघ । यतिबेला नेपालको राजनैतिक परिवेश विभिन्न कारणहरूले तातिएकाे छ । नेपालमा विभिन्न काण्डहरू घटिरहेका बेला फेरि नेपालमा भएकाे केहि राजनैतिक घटनाक्रममा विश्लेषकहरूले विभिन्न् कोणबाट बिश्लेषण गरिरहेका छन् । मुख्यतया यतिबेला सभामुखको बिषयलाइ लिएर विभन्न आँकलनहरू गरिएकाे छ । नेपालका सभामुख कृष्णबहादुर महारा रोशनी काण्डमा परेपछि बला त्कार घटनामा पुर्पक्षका लागि कारागारमा राखिएकाे छ भने केशमा मुछिनासाथ महराले राजिनामा दिए ।

महराले नैतिकताका आधारमा राजिनामा त दिए, तर सभामुखमा नेपालकाे संवैधानिक कानुनतः एउटै दलबाट हुन नहुने प्रवाधानका कारण सरकार पक्षिय दलबाट उपसभामुख रहनुभएकि डा. शिवमाया तुम्बाहम्फेलाइ राजिनामा दिएर बाटो खोल्न लगाइयो । उपसभामुख तुम्बाहम्फेले राजिनामा नदिएपछि दल भित्रै विभिन्न चरणमा बार्ता हुदै खैलाबैला मच्चियो अन्ततः दलले सभामुखका लागि अग्नि सापकाेटालाइ सभामुख बनाउने निर्णयसँगै उपसभामुख डा. तुम्बाहम्फेले राजिनामा दिइन ।

दलका तर्फबाट अघि सारिएका सभामुख उमेदवार अग्नि सापकोटा काँग्रेसले उमेदवारी नदिएपछि निर्विरोध त चयन भए तर अग्नि सापकोटा ज्यानमुद्धामा रहेको भन्ने कुराले फेरि नेपाली रानैतिक परिवेश तातिएकाे छ । कुरा मात्रै होइन केहि मिलेर अग्नि सापकाेटा बिरूद्ध सर्वोच्वमा रिट नै दायर गरेका छन् ।

यसै बिषयलाइ लिएर राजनैतिक बिश्लेषक आनन्दराम पाैडेलसँग नियात्रा टिभीका रतन चन्दले समसामयिक विषयलाइ लिएर कुराकानी गर्नुभएकाे छ । उक्त कुराकानीमा विश्लेषक पाैडेलले सभामुखका बारेमा यस्तो रहस्य खोल्नुभएका छ ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv