चलचित्र प्रेमगीत ३ को गीत २० घण्टामै ट्रेन्डिङ मा

काठमाण्डौ, माघ २२ । चलचित्र प्रेमगीत ३ को हात्ती ढुङ्गामा बोलको गीत सार्वजनिक भएको छ । सुनिल थापा प्रदीप खड्का र कृष्टिना गुरुङ लगाएतका कलाकारहरुले मनाङको दुई सय बर्ष पुरानो भेषभुषामा देख्न सकिन्छ ।
सन्तोष सेन र छेतेन गुरुङ को निर्देशनमा तयार भएको चलचित्रलाई दुइसय बर्ष पुरानो प्रेमकथा लाई पर्दामा उतार्ने प्रयास गरिएको छ ।

चलचित्रमा प्रदिप खड्का, कृष्टिना गुरुङ, सुनिल थापा, शिव श्रेष्ठ,सन्तोष सेन, माउत्से गुरुङ, मनिष राउत, लक्ष्मी बर्देवा, योगीसा खत्री अनुभव रेग्मी,सम्रिद्धी शाही ठकुरी को अभिनय रहेको छ ।
चलचित्रको कथा पटकथा छेतेन गुरुङ र मन्दिप गौतमको रहेको छ भने संगीत कल्याण सिंह,एलिश कार्की दिएका छन त्यस्तै प्रताप दास, मेलिना राई, सागर आले र प्रबिशा अधिकारीले स्वर दिएका छन ।

चलचित्रको कार्यकारी निर्मातामा चक्र बहादुर चन्द,डम्मर बिक्रम सेन हुन । चलचित्र आगामी चैत २८ गते देखी प्रदर्शनमा आउने भएको छ ।



Basundhara -3 Kathmandu Nepal

Information Department Registration No - 1166 /075/076
President – Ratan Bahadur Chand
Contact- ००977-9818610415/9860975774
Mail - [email protected]
Manager - Gyanendra Prasad Bhatt

About Us

Niatra Multi Media Pvt. Ltd.
Editor - Bibek Bikram Malla
Correspondent - Nabin Timilsina
Photo journalist - Ratan Bahadur Chand
Ashish Neupane

Mail - [email protected]

Us on social media

© 2017 Niatratv