नेपाल प्रहरीको २७ औं महानिरीक्षकमा ठाकुर ज्ञवाली नियुक्त

काठमाण्डौं,माघ २८ । सरकारले ठाकुर ज्ञवालीलाई प्रहरी महानिरीक्षकमा नियुक्त गरेको छ ।

मंगलबार अपरान्ह बसेको मन्त्रिपरिषद बैठकले ज्ञवालीलाई आईजीपीमा नियुक्त गरेको हो ।
हाल प्रहरी नायब महानिरीक्षकका रुपमा उनी प्रदेश नं. १ प्रहरी प्रमुखका रुपमा कार्यरत् थिए ।
नयाँ महानिरिक्षक भए पनि उनी ३० बर्षे सेवा अवधीका कारण आगामी असारमा अवकास पाउने छन ।

२०२२ साल असोज २८ गते प्युठानको जिमरुक गाउँपलिकामा उनको जन्म भएको थियो । उनले वैकल्पिकमा २०४७ असार २५ गते प्रहरी निरीक्षकबाट सेवामा प्रवेश गरेका थिए।

त्यस्तै महानिरिक्षक सर्वेन्द्र खनाल ३० वर्षे सेवा अवधिका कारण आजबाट अवकास पाउँदै छन्। उनीसँगै एआइजी पुष्कर कार्की, ठुले राई, धिरु बस्न्यात पनि अवकास पाउँदै छन्। डिआइजीहरुमा राजेन्द्रमान श्रेष्ठ, महेश विक्रम शाह, पिताम्वर अधिकारी, पूर्णचन्द्र जोशी, मनोज न्यौपाने, शेरशहादुर बस्नेत, केदार रिजाल, दिनेश अमात्य, कमल जिटी लगायत पनि घर जाँदै छन्।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv