गोकुल जी को मुख पनि छुचो,काम पनि बिवादित :पन्त (भिडियो )

काठमाण्डौं,फागुन १९ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य रघुजी पन्तले पार्टी सञ्चालनमा नेकपाका अध्यक्षद्धय ओली र दाहालको कमजोरी देखिएको भन्दै कडा टिप्पणी गरेकाछन ।

उनले भने,‘दुवै अध्यक्षले आफ्नो कार्यशैली सच्याउनुपर्छ । पार्टीमा पूरानो समूहको प्रतिबद्धता त्यागेर नयाँ ढंगले कसरी एकताबद्ध गर्ने ? कसरी गुटबन्दीरहित बनाउने भन्ने कुरामा भूमिका हुनुपर्छ ।’ उनले वामदेव गौतमलाई चुनाव हराउने पार्टीमा कुनै रणनीति नबनेको कुरा सुनाए । पत्रकारले सोधेको एक प्रश्नमा यस्तो जवाफ दिँदै उनले यस्तो बताएका हुन् ।

आईतबार रिपोटर्स क्लबमा आयोजित पत्रकार भेट्घाटमा पन्तले भने ‘गोकुल प्रसाद बाँस्कोटाको प्रकरणमा छानबिन हुनु पर्छ । उनले भने,‘गोकुलजीको मुख पनि छुचो थियो,काम पनि विवाद भयो । यो प्रकरणमा ईमानदारीपूर्वक छानबिन हुनुपर्छ । दोषी भए उन्मुक्ति पाउनुहुँदैन् । छानबिन राम्रो होस् ।’

नेता पन्तले एमसीसीका कतिपय कुराहरु सच्याउने मिल्ने हो भने सच्याउने र त्यसमा नेकपाद्धारा गठित कार्यदलले केही सुझाव दिएको पनि सुनाए । उनले भने,‘अमेरिकासँगको सम्बन्ध र हाम्रो राष्ट्रिय विकासको आवश्यकत्तालाई हेर्दै त्यसका केही कमिकमजोरीलाई सच्याउन सकिन्छ भने त्यो दिशमा पनि प्रयत्न गर्दै पास गरेर जानुपर्छ भन्ने मलाई लाग्छ ।’

उनले तत्काल सरकारको नेतृत्व परिवर्तनको कुनै सम्भावना नरहेको पनि स्पष्ट पारे । ‘कतिपय मान्छेहरुको चाहना सरकारको नेतृत्व परिवर्तन होस् भन्ने होला, तर, अहिले नेतृत्व परितर्वनको कुरा उठाउनु अलिक उपयुक्त हुन्छजस्तो लाग्दैन् । हो, निश्चयपनि सरकार यही ढंगले गयो र जनतासामू लोकप्रिय हुन सकेन भने सबैको विकल्प सोच्न सकिन्छ । सरकारको नेतृत्वको विकल्पपनि पार्टीले सोच्न सक्छ, पार्टीले नेतृत्वको विकल्पनि सोच्न सक्छ । र, हाम्रो पार्टीमा एकसे एक नेता हुनुहुन्छ ।

प्रधानमन्त्री हुनको लागि पनि, र पार्टी अध्यक्ष हुनको लागि पनि । प्रधानमन्त्री हुन चुनाव जितेर आएका तीन जना पूर्व प्रधानमन्त्रीहरु हुनुहुन्छ । त्यसकारण चिन्ता गर्नुपरेन । तर, अहिले एउटा त प्रधानमन्त्री उपचारको क्रममा हुनुहुन्छ । उहाँको अहिले स्वास्थ्यलाभको कामना गर्ने हो ।’ उनले अहिले नै मुलुकमा एउटा राजनीतिक अनिश्चितता र अस्थिरता उत्पन्न हुनेगरि प्रधानमन्त्री परिवर्तनको कुरा तत्काल उठाउनु उपयुक्त नहुने जिकिर गरे । हेर्नुहोस् भिडियो :-



Basundhara -3 Kathmandu Nepal

Information Department Registration No - 1166 /075/076
President – Ratan Bahadur Chand
Contact- ००977-9818610415/9860975774
Mail - [email protected]
Manager - Gyanendra Prasad Bhatt

About Us

Niatra Multi Media Pvt. Ltd.
Editor - Bibek Bikram Malla
Correspondent - Nabin Timilsina
Photo journalist - Ratan Bahadur Chand
Ashish Neupane

Mail - [email protected]

Us on social media

© 2017 Niatratv