ब्लड क्यान्सर भनेको के हो यो बालबालिकामा कसरी लाग्छ ? डा. सुधिर सापकोटा को जवाफ यस्तो (भिडियो अन्तर्वाता)

काठमाण्डौं,फागुन १९ । बालबालिकाहरुमा क्यान्सर हुने सम्बावना धेरै जसो आमा बुवाको खानपिनबाट हुने डा. सुधिर सापकोटाले बताउनु भएको छ । नियात्रा टिभी सँग लिइएको एक अन्र्तवार्तामा वहाँले उक्त कुरा बताउनु भएको हो ।

अत्याधिक मदिरा सेवन गर्ने साथसाथै बातावणियमा भएको जुन प्रदुषण छ किटनाषक औषधीयुक्त खानपिनका कारणले पनि जन्मने बित्तिकै बालबालिकाहरुमा ब्लड क्यान्सर हुन सक्ने सम्भावना देखिन्छ ।

वहाँले भन्नु भयो : ब्लड क्यान्सर भनेको जुन बोनम्यारो भनिन्छ जसलाई रगतमासी पनि भन्ने गरिन्छ, सबै खाले रगत उत्पादन हुने स्थान जस्तै रातो रगत सेतो रगत,पहेंलो रगत, कुनै कोशिकाहरुमा नराम्रो कोसिका बढि उत्पादनलाई हुनुलाई क्यान्सर भन्ने गर्छौं ।

नेपालमा क्यान्सरबाट मृत्यु हुनेको संख्या कति छ ?

बिश्व स्वास्थ्य संगठनको डाटा हेर्ने हो भने नेपालको जनसंख्या करिब तिन करोडको हाराहारीका अनुसार नेपालमा बाल क्यान्सर पन्ध्र सय जना बिरामी देखिन आउँछ । सबै अस्पतालहरुमा हेर्ने हो भने पाँच सय जनामा रोग पत्ता लगाएका छौं । तर हजार जना बिरामीहरुको रोग पत्ता लगाउन सकिरहेका छैनौं । जहाँ सम्म पाँच सय जना रोग पत्ता लगाएका छौं यसमा पनि बीस देखि तीस प्रतिशत बिरामीहरु औषधी उपचार लामो समय सम्म लिनुपर्ने हँुदा बिचमै छोडेर जाने र निरन्तरता नदिएका कारण मृत्यु हुने गरेको छ ।

कान्तिबाल अस्पताल बाट के के सुबिधा छ त ?

औषधी उपचारको लागि सरकारले एक लाख रुपैंया सम्मको निःशुल्क सेवा दिने गरेको छ । सिटि स्क्यान,बेड चार्ज,अस्पताल भित्र हुने रगतको जाँच निःशुल्क दिने गरेको छ । हेर्नुहोस् भिडियो –



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv